अफगानिस्तानमा ८० जना यात्रु सवार विमान दुर्घटना | Khabarhub Khabarhub

अफगानिस्तानमा ८० जना यात्रु सवार विमान दुर्घटना


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्थानमा ८० जना यात्रु सवार एउटा विमान दुर्घटनामा परेको छ ।

एरियाना एयरलाइन्सको बोइङ ७३७–४०० विमान अफगानिस्तानको पूर्वी क्षेत्रमा दुर्घटनामा परेको जनाइएको छ ।

तालिबानी लडाकुहरुको कब्जामा रहेको गजनी प्रान्तअन्तर्गत पर्ने हेड यक जिल्लाको पहाडी क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको त्यहाँको प्रान्तीय प्रवक्ता आरिफ नुरीले जानकारी दिएका छन् ।

प्रान्तीय प्रवक्ताले प्राविधिक गडबडीका कारण विमानमा आगो लाग्न पुगेको जनाएका छन् ।

विमान दुर्घटनामा परेर भएको क्षति तथा यात्रुहरुको अवस्थाबारे भने कुनै विवरण प्राप्त हुन सकेको छैन ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ५ : ०७ बजे

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी