ए डिभिजन लिग फुटबलः आज एपीएफ र पुलिस तथा मछिन्द्र र थ्रीस्टार भिड्ने | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबलः आज एपीएफ र पुलिस तथा मछिन्द्र र थ्रीस्टार भिड्ने


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारदेखि नवौं चरणको खेल शुरु हुने भएका छन् ।

आठौं चरणको समाप्तिमा त्रिभुवन आर्मी १७ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो र तेस्रो स्थानमा रहेका मछिन्द्र र मनाङ छन् । दुवै टोलीको समान १६ अंक रहेको छ ।

नवौं चरणका चार खेल रंगशाला र तीन खेल एन्फा मैदान सातदोवाटोमा हुनेछन् । नवौं चरणको पहिलो दिन दुई वटा खेल हुनेछन् ।

जसमा एपीएफ र नेपाल पुलिस मध्यान्ह १२ बजे भिड्ने छन् । यस्तै सोमबार नै दिउँसो तीन बजे मछिन्द्र र थ्रीस्टार आमने सामने हुने छन् । मंगलबारका दुवै खेल सातदोवाटो एन्फा मैदानमा हुने छ । पहिलो खेलमा विहान साढे ११ बजे हिमालयन शेर्पा र सरस्वतीले प्रतिस्पर्धा गर्ने छन् ।

मंगलबार नै जावलाखेल युथ क्लब र त्रिभुवन आर्मीले दिउँसो तीन बजे खेल्ने छन् बुधबार एउटा मात्रै खेल हुने छ । जसमा मनाङ र संकटाले एन्फा मैदानमा दिउँसो तीन बजे प्रतिस्पर्धा गर्ने छन् ।

विहीबार नवौं चरणका अन्तिम दुई खेल भने रंगशालामा हुने छन् । मध्यान्ह १२ बजे फ्रेण्ड्स र च्यासल तथा दिउँसो तीन बजे एनआरटी र व्रिगेड ब्वाईजले खेल्ने छन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ६ : २० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर