जोन अब्राहम घाइते बनेपछि रोकियो सत्यमेव जयते २ को सुटिंग | Khabarhub Khabarhub

जोन अब्राहम घाइते बनेपछि रोकियो सत्यमेव जयते २ को सुटिंग


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता जोन अब्राहम आजकल भारतको वाराणसीमा फिल्म सत्यमेव जयते २ को सुटिंगमा ब्यस्त छन् ।

एक्सन प्रधान उक्त फिल्मको शूटिंगका क्रममा जोनले भने ठुलो सकस झेल्नु परेको छ ।

जोनलाई फिल्मको सुटिंगको क्रममा स्टन्ट गर्दा दाहिने हातको हत्केलामा चोट लागेको छ ।

जसका कारण फिल्मको सुटिंग रोकेर उनलाई अस्पताल पुर्याइयो । चिकित्सकका अनुसार उनलाई गम्भिर चोट नलागेको भए पनि केहीदिन उनले आराम भने गर्नुपर्नेछ । जोन घाइते बनेको खबर बाहिरिएपछि उनका फ्यान अस्पतालबाहिर पुगेका थिए ।

सत्यमेव जयते २ जोनको सन् २०१८ मा रिलिज भएको फिल्म सत्यमेव जयतेको सिक्वेल हो । फिल्ममा जोन प्रहरीको भुमिकामा रहनेछन् । जसले भ्रष्टाचार विरुद्ध संघर्ष गर्नेछ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ३ : ४३ बजे

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४

मधेस प्रदेश लोसपा सांसदीय दलका नेता शर्मा निलम्बित

जनकपुरधाम –  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ–  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले

६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्‌‌को निर्णय

काठमाडौं – सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार

पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट