प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनीको विजयी शुरुवात | Khabarhub Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनीको विजयी शुरुवात


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । दाङको देउखुरीमा शनिबारबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले प्रदेश नं २ लाई ९ विकेटले हराउँदै विजयी शुरुवात गरेको हो ।

जितका लागि ७८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६ दशमलब १ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । लुम्बिनीकी गीता गोसाईं ४२ बलमा २ चौका सहित २३ रनमा अविजित रहिन् । कप्तान नेरी थापा १३ बलमा २ चौका सहित १५ रनमा अविजित रहिन् ।

त्यसअघि लमहीको देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको प्रदेश नं २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७७ रन बनाएको थियो । प्रदेश २ का लागि ओपनर सना प्रविन र अनु चौधरीले सर्वाधिक २१–२१ रनको योगदान दिएका थिए।

लुम्बिनीकी सुस्मिता भुषालले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन्। शनिबारको दोस्रो खेलमा एपिएफले कर्णालीको सामना गर्दैछ ।

आइतबार प्रदेश नम्बर २ ले सशस्त्र प्रहरीको एपिएफसँग खेल्ने छ । दाङको देउखुरीमा आयोजित प्रतियोगितामा ७ वटा प्रदेशका प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेका छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ भने फाइनल खेल १९ गते हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ३ : २५ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम