सिरहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ को मृत्यु | Khabarhub Khabarhub

सिरहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ को मृत्यु


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा सवारी दुर्घटना हुँदा बिहीबार दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार चोहर्वा–सिरहा सडक खण्डअन्तर्गत पदमपुरमा बिहीबार दिउँसो चोहर्वातर्फ जाँदै गरेको ना ५ ख ५५१८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका अनुसार दुर्घटनामा सिरहा नगरपालिका–११ भलुवाहीका २५ वर्षीय देवनारायण कामती र २६ वर्षीय अरुणकुमार कामतीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई एम्बुलेन्समा सिरहा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १० : ३२ बजे

सन्दीपबारे रचना रिमाल : दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ

काठमाडौं- आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा

यो हो मोबाइलको ब्याट्री चार्ज गर्ने सही तरिका

काठमाडौं–  पछिल्लाे समय अत्याधुनिक प्रविधि तथा अनगिन्ती फिचरहरु थपिँदै जाँदा

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

कोरियाका ३० कलाकार नेपालमा

काठमाडौं– चलचित्र लगायत कला क्षेत्रका लागि दक्षिण कोरिया संसारकै अब्बल

थरीथरीका गुराँसले ढपक्कै तीनजुरे (फोटो फिचर)

तीनजुरे– पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रवेशद्वार हो