अफगान सुरक्षा कारबाहीमा ९ तालिबान लडाकू मारिए | Khabarhub Khabarhub

अफगान सुरक्षा कारबाहीमा ९ तालिबान लडाकू मारिए


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगान सुरक्षाबलले गरेको कारबाहीमा नौ तालिाबानी लडाकू मारिएका छन् ।

ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबानी लडाकू समूहले गरेको भीषण आक्रमणपछि सुरक्षाबलले गरेको कारबाहीमा परी तालिबानी समूहका नौ लडाकू मारिएका समाचारमा जनाइएको छ ।

कारबाहीको क्रममा सुरक्षाबलले युद्धकविमान समेत प्रयोग गरेको जनाइएको छ । कारवाहीको क्रममा अन्य आठ लडाकू घाइते भएका जनाइएको छ । यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुृनै हताहत नभएको र यस क्षेत्रमा तालिबान विरुद्धको कारबाही भने जारी रहेको बताइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट ६४० किलो मिटर पश्चिममा रहेको हेरात प्रान्तको प्रन्तीय शहर हेरात शहरमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस कारबाहीकाके विषयमा कुनै टिप्पणी गरेको छैनन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ६ : २१ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको