तनहुँ र दाङमा २७ जुवाडे पक्राउ | Khabarhub Khabarhub

तनहुँ र दाङमा २७ जुवाडे पक्राउ


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तनहुँ र दाङमा प्रहरीले कौडा र तास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ ।

तनहुँको ब्यास नगरपालिका १२ बेलघारी बस्ने ४५ वर्षीय राजेन्द्र पन्तको कुखुराको फर्ममा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय गणेश बैयलकोटी समेत १९ जनालाई पक्राउ गरेको हो ।

कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा, नगद ३ लाख १० हजार ९ सय ९० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै दाङ, गढवा गाउँपालिका ६ प्रनाहा बस्ने ४५ वर्षीय डिल्लीराज शर्मा भुसालको घरमा तास खेलिरहेको अवस्थामा भुसाल समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९४ हजार ६ सय १५ रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ६ : ०८ बजे

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

गलेश्वर– म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत