मोरङमा थप दुई संक्रमितको मृत्यु | Khabarhub Khabarhub

मोरङमा थप दुई संक्रमितको मृत्यु


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङमा थप दुई संक्रमितको मृत्यु भएको छ । मोरङको लेटाङ र रतुवामाईका संक्रमित दुई वृद्धको मृत्यु भएको हो ।

लेटाङका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा र रतुवामाईका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो ।

लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान ज्यान गएको छ । अस्पतालका ब्यवस्थापक नारायण दाहालका अनुसार कोरोजना पोजिटिभ आएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो ।

श्वासप्रश्वास, खोकी लाग्ने तथा ज्वरोको समस्या देखिएका उनको भेन्टिलेटरमा राखेर उपचार गराउँदै गर्दा मृत्यु भएको दाहालले जानकारी दिए ।

रतुवामाई नगरपालिका–८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेसनमै मृत्यु भएको छ ।

रतुवामाई नगरपालिकाका मेयर रविन राईले कोरोना पुष्टि भए पनि आफ्नै घरमा बसिरहेका वृद्धको राति १० बजेतिर ज्यान गएको जानकारी दिए ।

उनका अनुसार सामान्य रुघाखोकी लागेपछि वृद्धको पीसीआर परीक्षण गराउँदा मंसिर १ गते रिपोर्ट पोजिटिभ आएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १ : ३७ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको