विराटनगर महानगरलाई रोटरी क्लबले दियो एक करोडको स्वास्थ्य सामग्री | Khabarhub Khabarhub

विराटनगर महानगरलाई रोटरी क्लबले दियो एक करोडको स्वास्थ्य सामग्री


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- रोटरी क्लबले विराटनगर महानगरपालिकालाई एक करोड रूपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

रोटरी इन्टरनेशनल डिष्ट्रीक्ट ३२९२ अन्तर्गतका विभिन्न तीन वटा क्लबले करिब एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।

बुधबार महानगरपालिकामा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोभिड–१९ संक्रमण बढ्ने क्रम जारी रहेको अवस्थामा रोटरीले उपलब्ध गराएका स्वास्थ्य सामग्री सहयोगी बन्ने बताए ।

प्रदेश १ मा कोभिड संक्रमण महामारी नियन्त्रणका लागि निर्माण गरिएका संरचनाको क्षमतासमेत अपुग हुँदै गएको मन्त्री घिमिरेले जनाए ।

क्लबले महानगरपालिकालाई एउटा पीसीआर मेसिन, आरएनए एक्स्ट्राक्सन मेसिन, संक्रमितले प्रयोग गरेको सामग्री सफा गर्ने इनसिनेरेट, भेन्टिलेटर, एचडीयू शैया ३० थान प्रदान गरिएको थियो ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउन, रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर फ्युजनले संयुक्त रुपमा स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

 

 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १२ : ४६ बजे

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ