साउदीमा अलपत्र नेपालीको उद्धार | Khabarhub Khabarhub

साउदीमा अलपत्र नेपालीको उद्धार



दोहा – साउदी अरबमा लामो समयदेखि बिरामी परेका एक नेपालीको उद्धार गरिएको छ ।

सन् २०११ मा साउदी अरब पुगेका झापाका ३८ बर्षीय प्रकाश गुरुङलाई उद्धार गरि स्वदेश पठाइएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

उनी सन् २०१३ मा अचेत भई रियादस्थित थाडीक जनरल अस्पतालमा उपचाररत रहेका थिए । पछिल्लो केहि समय यता उनको स्वास्थ्य उल्लेखनीय सुधार आएको र उनी परिवारको रेखदेखमा बस्न सक्ने तथा कोही एक जनाको साथमा हवाई यात्रा गर्न सम्भव हुन्छ भन्ने अस्पतालको सिफारिश दिएको थियो ।

अस्पतालको सिफारिश अनुसार उनलाई एक जना सहयोगीको साथमा हिमालय एयरलाइन्सको दमाम-काठमाडौँ उडानबाट स्वदेश पठाई परिवारको जिम्मा समेत लगाइएको दूतावासले जनाएको छ ।

स्वदेश फर्किने अवस्थासम्म आइपुग्दा उनको उपचारमा अस्पताल टिम, साउदी सरकार एवं परिवारसंग सम्पर्क स्थापना गराउन सहयोग गर्ने सम्पूर्ण संस्था तथा टिकट ब्यवस्थापनमा सहयोग पुर्याउने गैरआवासीय नेपाली संघ साउदी अरब लगायत सबैप्रति दूतावासले धन्यबाद व्यक्त गरेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  १० : २९ बजे

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, प्लेअफको आशा जीवितै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार दिउँसो भएको पहिलो खेलमा

इलाममा खोई माओवादीको भोट ?

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र

टेस्लाका सिइओ एलन मस्क छलफलका लागि चीनमा

काठमाडौं– अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार