भारतीय राजदूत क्वात्राले दिए दशैंको शुभकामना | Khabarhub Khabarhub

भारतीय राजदूत क्वात्राले दिए दशैंको शुभकामना


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले विजय दशमीको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन्।

सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत राजदूत क्वात्राले नेपालीहरुलाई दसैंको शुभकामना दिएका हुन्।

असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजय दशमी भएको भन्दै उनले यो पर्वले राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भनि कामनासमेत गरेका छन्।

‘असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजय दशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना। यस चाडले तपाईंं र तपाईंको परिवारलाई राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्यायोस्’, ट्विटरमा राजदूत क्वात्राले लेखेका छन्।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ६ : ०५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र