सामूहिक टीका कार्यक्रम नभएपछि कोटभैरव मन्दिर सुनसान | Khabarhub Khabarhub

सामूहिक टीका कार्यक्रम नभएपछि कोटभैरव मन्दिर सुनसान


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– विजयादशमीका दिन प्रत्येक वर्ष सामूहिक टीका कार्यक्रमले चहलहल हुने पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिर आज सुनसान देखिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्ष परम्परादेखि नै चल्दै आएको सामूहिक टीका लगाउने कार्यक्रम नगर्ने भएपछि सो मन्दिर परिसर सुनसान देखिएको हो ।

नेपालका वाइसे चौवीसे राजाका पालादेखि अस्तित्वमा आएको मानिने मन्दिरमा घटस्थापना गरी दैनिक सप्तशती पाठसहित फूलपाती, महाअष्टमी, कालरात्री, महानवमीको विशेष पूजा गरेर विजयादशमीका दिन सामूहिक टीकाप्रसाद लगाउने प्रचलन रहँदै आएको थियो ।

ऐतिहासिक परम्पराको निरन्तरताका लागि फैँलदो कोरोना महामारी एवम् स्थानीय प्रशासनको आग्रह समेतलाई दृष्टिगत गरी यो वर्ष भने विगतका तुलनामा सामान्य रुपमा पूजाआजा सम्पन्न गरिएको कोटभैरव मन्दिर व्यवस्थापन एवम् संरक्षण समितिका अध्यक्ष चेतबहादुर महतले बताए ।

विजयादशमीका दिन मन्दिर आसपासका बरमाझथर, बरधारपानी, बरपौवालगायत स्थानबाट सर्वसाधारण जम्मा भई एकआपसमा टीका लगाउँदै शुभकामना आदानप्रदान गर्ने प्राचीन प्रचलन भए पनि यो वर्ष कोरोना महामारीका कारण विगतका वर्षमा जस्तो उपस्थिति नभएको उहाँले जानकारी दिए ।

पञ्चाङ्ग निर्णायक समितिले घोषणा गरेको टीकाको शुभसाइतमा कोटभैरव मन्दिरमा बाजा बजाएर टीकाको शुभारम्भ गर्ने र बाजाको आवाज सुनेपछि घरघरमा टीका लगाउने प्रचलन यहाँको विशिष्टता हो ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ३ : २६ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र