४ जनाको समुहले रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण | Khabarhub Khabarhub

४ जनाको समुहले रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धीविक्रम शाहका अनुसार हत्यामा संलग्न मध्येका स्थानीय बली मुखियालाई पक्राउ गरिएको छ ।

आक्रमणमा परेर गम्भीर घाइते भएका महेशको वीरगञ्जस्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको छ। उनको अवस्था गम्भीर छ ।

शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित चार जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए ।

प्रजित र सोनालाल दाजुभाइ हुन् । घटनामा संलग्नहरु अन्य ३ जनाको खोजी भइरहेको प्रहरी उपरिक्षक शाहले बताएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ११ : १६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र