ग्रेडिङमा असन्तुष्टि राख्दै खेलाडीले क्यानलाई बुझाए ज्ञापनपत्र | Khabarhub Khabarhub

ग्रेडिङमा असन्तुष्टि राख्दै खेलाडीले क्यानलाई बुझाए ज्ञापनपत्र


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरूले नेपाल क्रिकेट संघ क्यानले गरेको खेलाडी ग्रेडिङमा असन्तुष्टि जनाएका छन् ।

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीले क्यानलाई ग्रेडिङ पुनरावलोकनका लागि ज्ञापन पत्र बुझाएको पूर्व कप्तान पारस खड्काले बताएका छन् ।

क्यानले चितवनमा बुधबार सम्पन्न बोर्ड बैठकबाट राष्ट्रिय पुरुष क्रिकेट टीमका १८ खेलाडीलाई ए, बी र सी गरी तीन श्रेणीमा वर्गीकरण गरेको थियो ।

जसमा राष्ट्रिय टोलीका केही नियमित खेलाडीको वर्गीकरणमा तल माथि भएको भन्दै खेलाडीले क्यानलाई ज्ञापन पत्र बुझाएका हुन् ।

राष्ट्रिय टीमका अलराउण्डर सोमपाल कामी बी श्रेणीमा र २०१९ मा केही प्रतियोगिता मात्रै खेलेका भेट्रान क्रिकेटर बसन्त रेग्मीको ए श्रेणीमा भएको बढुवा तथा नियमित खेलाडीका रुपमा रहेका ललितनारायण राजवंशी वर्गीकरणमा नपरेको र राष्ट्रिय टोलीबाट २०१९ मा नखेलेका सुवास खकुरेल र कमलसिंह ऐरी सी श्रेणीमा परेको भन्दै क्यानको आलोचना भइरहेको छ।

पुरुष टोलीको नयाँ ग्रेड

ग्रेड ‘ए’ – ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी

ग्रेड ‘बी’ – सुशन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सरार्फ

ग्रेड सी’- सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, अभिनाष बोहोरा र कमलसिंह ऐरी

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ८ : २३ बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार