आजदेखि मौसम खुल्दै जाने, यी प्रदेशमा भारी वर्षाको सम्भावना | Khabarhub Khabarhub

आजदेखि मौसम खुल्दै जाने, यी प्रदेशमा भारी वर्षाको सम्भावना


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही दिनदेखि परेको लगातारको झरी आजदेखि भने कम भई मौसम खुल्दै जाने मौसमविदले जनाएका छन् ।

बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले शनिबारदेखि मौसममा सुधार आउने देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्रले नेपालमा मनसुन सक्रिय गराएको थियो । केही दिनयता परेको वर्षाले देशका विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो ।

मौसमविदहरूले शनिबारदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही लाग्ने बताएका छन् ।

मौसमविदहरुका अनुसार आज भने देशभर मौसम खुल्नेछ ।

हाल भारतको विहारमा न्युनचापीय क्षेत्र रहेको छ र यो न्युनचापीय क्षेत्र उत्तर-पुर्वतर्फ सरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज कर्णाली प्रदेश, सुदुर-पश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

यस्तै आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही थेरै स्थानहरुमा मेग गर्जन/ चट्याङ्ग हल्का देखि वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, र प्रदेश नं २ को एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश,र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५ , कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १र गण्डकी प्रदेशका का एक/ दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा प्रदेश नं १ र प्रदेश नं २ का एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ६ : ४८ बजे

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १०

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै

मन्थली– जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

गलेश्वर– म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना