जब जीवनका लागि मनकारीहरू जुरमुराए... | Khabarhub Khabarhub

जब जीवनका लागि मनकारीहरू जुरमुराए…



बुटवल– प्युठानको नौबहिनी गाउँपालिका–८ फोप्ली गैराथोकका १३ वर्षीय जीवन पुन गत साउन ३० गतेदेखि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा छन् ।

उनका दुवै खुट्टाको शल्यक्रिया गर्नुपर्ने छ तर अस्पतालले चार लाख रुपैयाँ लाग्छ भनेपछि जीवनका बाबु कर्णबहादुर पुन बिलखबन्धनमा परे । न उनले छोराको उपचार गराउन सके न अस्पतालबाट निकाल्न नै ।

घरबाट बजार जाने क्रममा भिरको बाटोमा माथिबाट खसेको ढुङ्गाले लागेर जीवन पछारिए । ठूलो ढुङ्गाले उनका दुबै खुट्टा किच्यो । दुवै खुट्टाका हड्डी भाँचिए । बुबा कर्णबहादुरले छोरालाई अस्पताल पु¥याउन ऋण खोजे । गाउँमा ४० हजार रुपैयाँ जुट्यो । त्यही रुपैयाँका भरमा छोरो लिएर भैरहवा पुगेका कर्णबहादुरले थप रकम जुटाउन सकेनन् ।

पैसा नभएका कारण जीवनको उपचार हुन नसकेको र अस्पतालमा छटपटाइरहेको भन्ने समाचार प्रकाशित भएपछि समाजसेवी तथा लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्रप्रसाद आचार्यको समूहले उपचार खर्च जुटाउने भएको छ । आचार्य सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव पनि हुन् ।

आचार्यले जीवनको उपचारमा लाग्ने सबै खर्च आफूहरूको क्लबले जुटाउने बताएका छन् । व्यक्ति र संघसंस्थासँग समन्वय गरेर खर्च जुटाउने उनको भनाइ छ । आचार्यले कर्णबहादुरलाई ‘जीवनको उपचारमा लाग्ने सबै खर्चको हामी व्यवस्था गर्छौं, तपार्इंहरू चिन्ता नलिनुहोस्,’ भनेर ढुक्क बनाएका छन् ।

आचार्यले उपचारको सबै खर्च आफ्नो समूहले जुटाउने प्रतिबद्धता जनाउँदै जीवनको उपचार अघि बढाउन अस्पताललाई आग्रह गरेको बताए । उनले भने, ‘पैसाको अभावमा जीवन भाइको उपचार रोकिएको खबरले हामी भावविह्वल भयौँ । मैले लायन्स सदस्यहरू, अग्रजहरू, यस क्षेत्रका सामाजिक संघसंस्थासंग सम्पर्क गरेँ । सबैले सहयोगको लागि प्रतिबद्धता जनाए ।’

आचार्यको समूहले पहिलो चरणमा जुटेको दुई लाख ७० हजार रुपैयाँ कर्णबहादुरलाई बुधबार हस्तान्तरण गरेको छ । अस्पतालमा लाग्ने सबै खर्च संघसंस्थाको सहकार्यमा जुटाउने आचार्यले बताए ।

जीवनको उपचारार्थ लायन्स क्लब अफ सिद्धार्थनगर, लायन्स क्लब अफ सिद्धार्थनगर लोटस, लायन्स क्लब अफ टुलिप र अन्य संघसंस्थाले आर्थिक सहयोग गरेका छन् ।

आर्थिक सहयोग पाएपछि कर्णबहादुरले खुसी व्यक्त गरे । अस्पतालमा छटपटाएको ४० दिनपछि उनका छोराको उपचार हुन लागेको छ ।

जीवनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनका दुवै खुट्टाको हड्डी भाँचिएर छियाछिया भएको छ, शल्यक्रियाको विकल्प छैन । जीवनलाई सुरुमा आइसियुमा राख्नु परेको र सामान्य सुधार भएपछि वार्डमा सारिएको अस्पतालका प्रशासन प्रमुख तेजकुमार केसीले बताए ।

अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार बुधबारै शल्यक्रिया गर्ने तयारी गरेको भए पनि रगतमा हेमोग्लोबिन कम देखिएकोले रगत चढाइएको छ । सहज भए बिहीबार शल्यक्रिया हुनेछ ।

जीवनको उपचारमा डा. प्रकृतिराज कँडेल र डा. किशोरमान श्रेष्ठ सहितको चिकित्सक टोली संलग्न छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ८ : ५६ बजे

नेपाल भित्रने पर्यटक १२.७५ प्रतिशतले बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ ।

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

नेपालगञ्ज– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज 

काठमाडौं- नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव