प्राकृतिक उपचारबाटै कोरोना निको हुने दाबी | Khabarhub Khabarhub

प्राकृतिक उपचारबाटै कोरोना निको हुने दाबी



नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा २६८ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

नवलपरासीपूर्वको रजहरस्थित कोभिड १९ अस्थायी अस्पताल, सामुदायिक प्राकृतिक चिकित्सालयबाट आइतबारसम्म १६८ जनाले कोरोना जितेर घर फर्किएको अस्पतालका निर्देशक डा.बिनोद पौडेलले बताए ।

आइतबार मात्रै ४७ जना कोरोनामुक्त भइ घर फर्किएका छन् । आइतबार ७ महिला र ४० जना पुरुष संक्रमणमुक्त भई घर फर्किएका हुन् ।

प्राकृतिक चिकित्सालयको आइसोलेशनमा रहेका ३०९जना संक्रमित मध्ये एक जना भने जिल्ला बाहिरको रहेकाले अब ४० जना संक्रमित मात्रै बाँकी रहेको जिल्ला स्वास्थ्य प्रमुख केशब चापागाईले जानकारी दिए ।

प्राकृतिक उपचार पद्धतिबाटै निको

प्राकृतिक चिकित्सालयको आइसोलेशनमा राखेका उपचार गरिएका सबैलाई प्राकृतिक उपचारबाटै निको पारिएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमित कुनै पनि बिरामीलाई प्राकृतिक उपचारपद्धतिबाहेक अन्य कुनै औषधि प्रयोग नगरिएको अस्पतालका निर्देशक डा.बिनोद पौडेलले बताए ।

संक्रमितहरुलाई हप्ताको सात दिन सात प्रकारका तरकारी, मौसम अनुसारका फलफूल तथा शरीरको प्रतिरोधी क्षमता बढाउनका लागि अंकुरित गेडागुडी, भिजाएको किसमिस, छोहोडा, चना, मुगी, बदाम तथा मह खुवाउने गरिएको डा. पौडेलले बताए ।

बिरामीलाई ज्वरो आएको खण्डमा सिटामोलबाहेक अन्य कुनै औषधि प्रयोग नगरिएको र प्राकृतिक पद्धतिबाटै कोरोना निको पारिएको निर्देशक पौडेलले दाबी गरे ।

रजहरको प्राकृतिक चिकित्सालयमा रहेका कोरोना संक्रमितहरुलाई शारिरीक ब्यायाम गराउनुका साथै जलनीति गर्ने, तातोपानीको बाफ लिने, तातोपानीले नाक सफा गर्ने जस्ता उपचार बाहेक अन्य कुनै औषधि आफूहरुलाई प्रयोग नगरिएको संक्रमणमुक्त भएका युवाहरुले बताए ।

गाईको दूधमा बेसारको प्रयोग

घाँटीमा रहेको भाइरसलाई कम गर्नका लागि गाईको दूधमा बेसार हालेर बिहान बेलुका खान दिने गरिएको डा. पौडेलले बताए ।

डा. पौडेलका अनुसार फापर, कोदोको रोटी, मह र कागति, अस्वगन्ध र गुर्जोको रस र धुलो खुवाउने गरिएको छ ।

साथै संक्रमितहरुलाई योग ध्यान तथा चिकित्सकीय मनोपरामर्श सेवा गर्ने गरिएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए ।

सापकोटाले संक्रमितहरुलाई मनोपरामर्श दिने गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : ५६ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने