कोरोना संक्रमणको दोस्रो लहर देखिने जोखिमपछि युरोपका विभिन्न मुलुकमा सतर्कता   | Khabarhub Khabarhub

कोरोना संक्रमणको दोस्रो लहर देखिने जोखिमपछि युरोपका विभिन्न मुलुकमा सतर्कता  


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखिने जोखिम बढेपछि युरोपका विभिन्न मुलुकमा सतर्कता अपनाइएको छ ।

महामारीको दोस्रो लहर थप बिस्तारित हुन सक्ने जोखिम कम गर्नका लागि स्पेनले पुनः सचेतता अपनाइएको हो । क्याटलोनियाले संक्रमण बढ्न थालेपछि दुई हप्ताका लागि नाइट लाइफ बन्द गरेको छ ।

उत्तर–पूर्वी क्षेत्र क्याटलोनिया बाहिर पनि संक्रमण बढेको देखिएको छ । बेलायतले स्पेनबाट फर्किने सबै सेल्फ आइसोलेशनमा बस्नु पर्ने बताएको छ ।

यस्तै नर्वेले पनि त्यस्तै नियम लागु गरेको छ । फ्रान्सले भने यात्रा सचेतता जारी गरेको छ । फ्रान्स र जर्मनीमा पनि पछिल्लो समय संक्रमण बढिरहेको बीबीसीले जनाएको छ ।

विश्वका अरु क्षेत्रमा संक्रमण अति तीव्र गतिमा बढिरहेका बेला युरोपमा पनि संक्रमण बढ्न थालेको हो । विश्वभर पछिल्लो दुई दिन दैनिक दुई लाख ८४ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ८ : २२ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार