काठमाडौं- कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा अब भक्तजनका लागि पूजाको व्यवस्था मिलाइने भएको छ ।
असार १ गतेबाट लकडाउन खुकुलाे गरिएसँगै पशुपतिनाथमा भक्तजनका लागि पूजाको व्यवस्था मिलाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो । सामाजिक दूरी कायम गरी पूजाको व्यवस्था मिलाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
लकडाउन खुकुलो बनेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुको चहलपहल समेत बढ्दै गएको छ।
भक्तजनलाई सुरक्षित तरिकाले दर्शन गराएर फर्काउने कार्यविधि नै बनाएर पूजाको व्यवस्था मिलाउने तयारी थालिएको पशुपति क्षेत्र विका कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया