कोरोना परीक्षणका लागि १० प्रयोगशाला थपिने : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

कोरोना परीक्षणका लागि १० प्रयोगशाला थपिने : स्वास्थ्य मन्त्रालय


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि १० वटा प्रयोगशाला थप गर्ने निर्णय गरेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या थपिदै जाँदा स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा बढाउन देशभरका विभिन्न १० वटा अस्पतालहरुमा प्रयोगशाला थप गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, ससस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, विरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला थप गरी कोरोना परीक्षण गर्ने जनाएको छ ।

यसअघि नेपालमा २३ वटा प्रयोगशालाहरुमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १० वटा प्रयोगशाला थप भएमा नेपालमा ३३ वटा प्रयोगशालाहरुमा कोरोना परीक्षण हुने छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ५ : १५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र