घरभाडामा छुट दिन आग्रह | Khabarhub Khabarhub

घरभाडामा छुट दिन आग्रह


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा उद्योग वाणिज्य सङ्घले घरभाडामा छुट दिन घरधनीसँग आग्रह गरेको छ । सङ्घका महासचिव अर्जुन पोखरेलले चार महिनादेखि व्यवसाय बन्द रहेको र घरभाडा भुक्तानी नगरेकै कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै भाडा छुट दिन आग्रह गरेका छन् ।

“सहज परिस्थिति हुँदा नियमित भाडा तिरेको स्मरण गर्दै असहज परिस्थितिमा व्यवसायीलाई जोगाउनु घरधनीको पनि कर्तव्य हो”, विज्ञप्तिमा भनिएको छ, “घरभाडा चुक्ता नगरेकै कारण व्यवसायी नै पलायन हुनुपर्ने अवस्था सिर्जना हुनु घरधनीको लागि पनि राम्रो हैन । घर खाली गराउँदैमा समस्याको समाधान हुने पनि हैन ।”

यथासम्भव निश्चित अवधिको भाडा मिनाहा एवं अनुकूल समयमा भुक्तानी गर्ने सहमति कायम गर्दै व्यवसाय टिकाउनका लागि घरधनीबाट विशेष योगदान हुनुपर्ने भन्दै सङ्घले घरभाडा छुट दिने घरधनीलाई कर छुटको व्यवस्था गर्न सरोकारवालासँग आग्रहसमेत गरेको छ ।

सङ्कटको यो घडीमा आर्थिक र मानसिक समस्यामा परेका आफ्ना ग्राहकका लागि कर्जाको किस्ता र ब्याज भुक्तानीको लागि समयसीमा बढाउन एवं ब्याजदर घटाउन सम्पूर्ण बैंक था वित्तीय संस्था पनि सङ्घले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ८ : ०७ बजे

महिलाको लगानीमा सरफ उद्योग सञ्चालन

तनहुँ– तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ

रेशमको मुद्दा न्यायाधीशद्वय अब्दुल अजीज र ढुङ्गानाको इजलासमा

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले दायर गरेको

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी

जानकी– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी (आईसीपी)

माधव नेपालले बोलाए संसदीय दलको बैठक

काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक

प्यालेष्टाइनमा ७५ वर्षदेखिको ‘नक्बा’ र भोकमरी

अन्तर्राष्ट्रिय समाचारहरूमा हामीले आजकल निरन्तर पढ्ने, सुन्ने भनेको इजरायल–प्यालेस्टाइन युद्ध