आज बिहानै थपिए २५ संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या ७९२ पुग्यो | Khabarhub Khabarhub

आज बिहानै थपिए २५ संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या ७९२ पुग्यो


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशका विभिन्न ४ जिल्लामा शुक्रबार बिहान थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय कास्कीले थप २५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

थपिएकामध्ये पूर्वी नवलपरासीकामात्रै २१ जना छन् । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको हो।

गण्डकी प्रदेशको चार जिल्लाहरू तनहुँ, स्याङ्जा, बाग्लुङ् र पूर्वी नवलपरासीमा सङ्क्रमित बिरामी भेटिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।

त्यस्तै तनहुँमा २ र बाँकी जिल्लामा एक-एक जनामा सङ्क्रमण देखिएको हो। सङ्क्रमित बिरामीलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा ल्यैजाने तयारी भइरहेको छ।

योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७ सय ९२ पुगेको छ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : १० बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव