यो वर्ष ९२ अर्ब ऋण थपियो, नेपालले तिर्नुपर्ने ऋण ११ खर्ब ३९ अर्ब पुग्यो | Khabarhub Khabarhub

यो वर्ष ९२ अर्ब ऋण थपियो, नेपालले तिर्नुपर्ने ऋण ११ खर्ब ३९ अर्ब पुग्यो


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो वर्ष नेपाललाई झण्डै ९२ अर्ब ऋण थपिएको छ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गर्दै नेपाल तिर्नुपर्ने ऋणमा ९१ अर्ब ९० करोड बढेको जानकारी दिएका हुन्

२०७६ असारसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब ९० करोड रहेकोमा ९१ अर्ब ९० करोड थप भई फागुनसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड पुगेको खतिवडाले जानकारी दिए। जसमा आन्तरिक ऋण ४ खर्ब ४० अर्ब ५ करोड र वाह्य ऋण ६ खर्ब ९९ अर्ब ७५ करोड छ।

चालु आर्थिक वर्ष २०७६/७७ को फागुन महिनादेखि अर्थतन्त्र र नागरिकको आयमा तीव्र गिरावट आए पनि गरिबीको संख्या भने दुई प्रतिशतले घट्ने प्रक्षेपण सरकारले गरेको छ। अर्थमन्त्री खतिवडाले प्रतिकुलताबीच पनि गरिबी घट्ने दाबी गरेका हुन्।

उनले आव २०७४/७५ मा १८.७ प्रतिशत रहेको निरपेक्ष गरिबीको संख्या चालू आवमा १६.६७ प्रतिशत रहनेछ। खतिवडाले फागुनसम्म नेपाली अर्थतन्त्र ठीकै भए पनि कोरोनापछि भने अवस्था नाजुक बन्न पुगेको जानकारी गराए। उनले चालू आवमा आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने संसदलाई जानकारी गराए।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ८ : ०७ बजे

कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट

काठमाडौं– कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन्

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित

गृहमन्त्री र जीबी राईबारे अफवाह फैल्याएको आरोपमा समातिए डिल्लीराम

पटक पटक विवादमा परिरहने डिल्लीराम खनालाई प्रहरीले पक्राउ गरेको छ

अवैध लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौं-  झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने

वेस्ट इन्डिज ‘ए’ विरुद्ध रोहित पौडेलको अर्धशतक

काठमाडौं- स्वेष्टइण्डिज ‘ए’ विरुद्ध​को टी–ट्वेन्टी सिरिज अन्तर्गत चौथो खेलमा नेपालका