मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विन कोरोनाको उपचारमा प्रतिबन्ध | Khabarhub Khabarhub

मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विन कोरोनाको उपचारमा प्रतिबन्ध


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेरियाको उपचारमा प्रयोग हुँदै आएको  हाइड्रोक्सिक्लोरोक्विन औषधिलाई कोरोना भाइरसको उपचारमा प्रतिबन्ध लगाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न अस्थायी रुपले प्रतिबन्ध लगाएको हो ।

कोरोनासँग बच्न भनेर हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको स्थानमा मृत्युको खतरा धेरै रहेको अनुसन्धान रिपोर्ट सार्वजनिक भएपछि विश्वस्वास्थ्य संगठनले कोरोनाको उपचारमा प्रयोग गरिदै आएको  उक्त औषधिको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

डब्ल्युएचओले हाइड्रोक्सिक्लोरोक्विन औषधिसँग सम्बन्धित विश्वभर भइरहेको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो ।

डब्ल्युएचओले यो औषधि प्रयोग गर्दाको नतिजा विश्लेषण गर्ने निर्णय पनि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमै आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको र अहिलेसम्म आफूलाई कोरोना संक्रमण नभएको भन्दै अरुलाई पनि यो औषधि सेवन गर्न प्रेरित गरिरहँदा डब्ल्युएचओले उक्त औषधिको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ७ : ३४ बजे

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।