कोरोना संक्रमणबाट बेलायतमा थप एक भुपु गोर्खा सैनिकको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट बेलायतमा थप एक भुपु गोर्खा सैनिकको मृत्यु


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायतको राजधानी लण्डनमा कोरोनाबाट शनिबार थप एक नेपाली मूलका व्यक्तिको निधन भएको छ । पुर्ख्यौली घर तनहुँ शुक्ला गण्डकी नगरपालिका–१ भएका ७३ वर्षीय भूपू गोर्खा सैनिक क्षेत्रबहादुर मल्लको उपचारका क्रममा निधन भएको तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङले जानकारी दिए ।

मल्ल सन् २०१२ देखि आफ्ना श्रीमती र छोरा–बुहारीसहित बेलायतको विनचेस्टरमा बस्दै आएका थिए । उनलाई पहिलादेखि उच्च रक्तचाप र मुटुको रोगसमेत रहेको थियो ।

गत वर्ष मुटुको शल्यक्रिया पनि गरेको समाजका अध्यक्ष गुरुङले बताए । श्वासप्रश्वासमा कठिनाइ आएपछि उनलाई प्रिन्सेस आन अस्पताल साउथह्याम्टनमा एक साताअघि भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ६ : ०१ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ