व्याजमा सहुलियत दिने राष्ट्र बैंकको घोषणा | Khabarhub Khabarhub

व्याजमा सहुलियत दिने राष्ट्र बैंकको घोषणा


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैकले चौथो त्रैमासमा तिर्नुपर्ने व्याजमा सहुलियत दिने घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकको ६५ औं वार्षिकउत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले लिखित सम्बोधन गर्दै व्याजमा सहुलियत दिने घोषणा गरेका हुन् । केन्द्रीय बैकले कोरोना प्रभावित क्षेत्रलाई चालू पूँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई समेत थप सहज बनाउने भएको छ ।

गभर्नर अधिकारीले गरेको सम्बोधनका क्रममा पुर्नकर्जा कोषको कार्यविधि संसोधन गर्ने र अहिले कायम रहेको ६० अर्बको कोषलाई आवश्यकताअनुसार बढाउने समेत बताएका छन् ।

कोरोनाले असर गरेको क्षेत्रमा लिएको ऋणलाई पुर्नतालिकिकरण गर्ने र लकडाउनको अवधीमा भुत्तानी गर्नुपर्ने कर्जाको भूक्तानी अवधि समेत बढाउने व्यवस्था मिलाउने भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ५ : ०२ बजे

‘अर्थतन्त्र मिश्रित अवस्थामा छ’ : गभर्नर

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र

सहकारी प्रकरणमा धरौटी बुझाएर छुटे दीपेश, सुन तस्करीमा सीआईबीले अनुसन्धान थाल्ने

बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका नेकपा मा‌ओवादी

टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने 

काठमाडौं– प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने भएको

अर्थ र उर्जामन्त्रीलाई भेटेर मुख्यमन्त्री कँडेलले राखे कर्णालीका छ बुँदे माग

काठमाडौं‍– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र

राष्ट्र बैंकले टकमरी गर्‍यो ३१ करोड थान सिक्का, नयाँ नोट नौ करोड थान

काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापन अन्तर्गत ३१ करोड