कोरोना भाइरसले देखाएको विभेदको तस्वीर | Khabarhub Khabarhub

कोरोना भाइरसले देखाएको विभेदको तस्वीर


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट आक्रान्त विश्वसमुदाय माझ दक्षिण एशियाली मुलुक नेपालमा संक्रमितको संख्या ५० नाघेको छ । यो संख्या बढ्न नदिन नेपाल सरकारको खासै प्रभावकारी नीति र योजनाका बनाउन र कार्यान्वयन गर्न सकेको देखिँदैन । नेपाल कोरोना भाइरस महामारीको तेस्रो चरणमा प्रवेश गर्ने क्रममा छ ।

गत चैत ११ मा सुरु लकडाउनले नेपालीहरूमा सकारात्मक र नकारात्मक दुबै प्रभाव छोड्ने देखिएको छ । कार्यालय, विद्यालय, व्यवसाय इत्यादिको सधैँको भ्याई–नभ्याईबाट केही फुर्सद पनि मिलेको छ । घरगृहस्थी र पसिना बगाउँदै मजदुरी गर्ने ती श्रमजीवी वर्ग लगायत प्रायःजसोलाई यो लकडाउनले परिवारबीच समय बिताउने अवसर पनि जुराएको छ ।

अर्कातिर यही लकडाउनले हुँदाखाने र हुनेखाने बीचको दूरी झन् बढाइदिएको छ । अर्थविद्हरूले देशको अर्थतन्त्रमा तहसनहसको अवस्था सृजना हुने आँकडाहरू अनुमान गर्न गर्न थालेका छन् । आवश्यक पूर्वतयारी र पर्याप्त सूचनाविना गरिएको लकडाउनले चरम मारमा पर्नेमा निम्नआय वर्ग र तथा मजदर वर्ग नै हुन् ।

देशको भूगोल, जनस्तर, सामाजिक परिवेश र आर्थिक पक्ष आदिको हेक्का नराखी हतारमा गरिएको लकडाउनले समस्या सृजना गरिदिएको छ । छिमेकी राष्ट्र भारतमा तेस्रो चरणको लकडाउन घोषणा गरेपछिको परिघटनालाई हामीले पाठका रूपमा लिन जरुरी छ । मुम्बईको बान्द्रा शहरमा लकडाउन अवज्ञा गर्दै हजारौँ मानिस भेला भई आफ्नो थातथलो जान पाउनुपर्ने माग राखेर विरोध प्रदर्शन गरे ।

केही सिप नलागेपछि आखिर प्रहरीले लाठीचार्ज गरेर भिड तितरबितर बनायो । मजदुरीको लागि थातथलो छडेर अन्यन्त्र अस्थायी बसोवास गर्नेहरू उपेक्षित भएको यो एउटा उदाहरण हो ।

देशका शासकले ऐन–कानुन बनाउँदा निम्नआय वर्ग र मजदुरीबाट दैनिक छाक टार्नेहरूको हित हेर्नुपर्ने हो । त्यहीअनुसार योजनाहरू तर्जुमा गरेर कार्यान्वयन गर्नुपर्ने हो । आज अप्रत्याशितरूपमा आइपरेको विश्वव्यापी महामारीले राष्ट्र सञ्चालक शासकहरूको अग्निपरीक्षा लिइरहेको छ ।

हाम्रो देशमा सरकारले सहजै लकडाउन नक्कल गर्‍यो । पूर्वसूचना, पूर्वजानकारी, पूर्वतयारी केही नभई गरिएको लकडाउनको परिणाम हो काठमाडौँ उपत्यका र देशका अन्य ठाउँहरूबाट थातथलो फर्किने निमुखाहरूको लस्कर । गाउँघरबाट टाढाको शहर–बजार पुगेर जीवन गुजारा गरिबसेका ती मजदुरको विडम्बनाप्रति जिम्मेवारी बोध भएको सरकार आजसम्म भेटिएन ।

एकाएकको गरिएको लकडाउनको कारणले ती मजदुरहरू लालाबाला र कुम्लोकुटुरो च्यापेर आफ्नो घरआँगन पुग्न भोकै, प्यासै हिँडिरहेका छन् । यी विवश नागरिकहरूलाई कोरोना भाइरसविरुद्ध ऐक्यबद्धता भन्दै ताली बजाउन आदेश जारी गरेको पनि हामीले सुन्यौँ । कोरोना भाइरसले देशमा व्याप्त वर्गविभेद झनै नजिकबाट सतहमा ल्याइदिएको छ ।

विकल्परहित रगत र रक्ततत्वहरू उपलब्ध गराउन रक्तदान गर्ने स्वयंसेवी रक्तदातालाई यथोचित सम्बोधन गर्न आवश्यक छ । आफ्नो स्वास्थ्यको ख्याल नगरी जोखिम मोलेरै भए पनि रक्तदान गर्न पछि नपर्ने स्वयंसेवी रक्तदातालाई सरकारले बेवास्ता गरेको छ । यसफतर्फ सरकारको ध्यान पुगोस् ।

आजको मुख्य प्रश्न हो, सिङ्गो देशमा व्याप्त यस्तो विभेद सरकारले कति नजिकबाट देखेको छ ?

आज विश्वव्यापी महामारी मच्चाइरहेको कोरोना भाइरसले, पुर्‍याएको मानवीय र आर्थिक क्षति कतैबाट पनि पूर्ति हुँदैन । फेरि पनि यस्तो घडीमा हाम्रो देशमा ‘मौकामा चौका हान्ने’ प्रयास पनि भइरहेको छ, आर्थिक र राजनीतिक दुवै रूपमा । स्वास्थ्य सामग्री खरिदमा देखिएको चलखेल र कमिसनतन्त्रको चक्कर अनि राजनीतिमा उत्पन्न खैलाबैला यस्तै प्रयासको परिणाम हो । श्रमजीवी मजदुरहरूको नाममा छुट्याएको राहत वितरणमा भइरहेको घोटाला अर्को परिदृश्य हो ।

वास्तविक पीडितसम्म नपुर्‍याई चिनजानका मान्छेलाई बाँड्ने, धेरै पुरानो र कुहिएको बाँड्ने जस्ता गतिविधिले गरिब र निमुखा वर्गबारे शासकको दृष्टि प्रष्ट गर्छ । केही अपवादबाहेक धेरै जनप्रतिनिधिहरू आफ्नो छुद्र स्वार्थपूर्तिमै केन्द्रित रहेका देखिए । विकास निर्माणको काममा त यस प्रवृत्तिले झन गहिरो गरी जारा गाडेको छ । हुन त बिउ नै गतिलो नभएपछि यसो हुनु स्वाभाविकै हो । केन्द्र सरकारदेखि प्रदेश हुँदै स्थानीय तहसम्म यस्तै संस्कार विकास हुँदैछ ।

नागरिकको चाहना र देशको आवश्यकता के हो भन्ने कुरामा कसैको पनि ध्यान गएको देखिएन । चुनाव जितेपछि आफू अनुकूल जे गर्दा पनि हुन्छ भन्ने प्रवृत्ति विकास भयो । यसको ज्वलन्त प्रतिनिधि घटना कोरोना भाइरससम्बन्धी स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचार ओझेलमा पार्ने प्रयास हो । फेरि यसमा सेना अघि सारिएको छ ।

कोरोना भाइरसबाट बच्ने एक प्रभावकारी उपाय लकडाउन हो । अनुशसित भएर लकडाउन पालना गर्नु नागरिकको कर्तव्य हो भने लकडाउन पालना गर्ने उपयुक्त वातावरण बनाउनु सरकाको कर्तव्य हो ।

आजको भौतिकतावादी वैज्ञानिक युगमा राजनीतिज्ञहरूमा कारोना भाइरसका कारण दैवी चिन्तन पनि पलाएको छ । छिमेकी राष्ट्र भारतका प्रधानमन्त्रीले कहिले घण्टी बजाउन त कहिले दियो बाल्न आग्रह गरे झैँ हाम्रा प्रधानमन्त्रीले पनि कुनै एक गैरसरकारी संस्थाको आह्वानमा लय मिलाउँदै बिहानै राष्ट्रिय गीत गाउन र ताली जाउन लगाए ।

कोरोना भाइरसको इपिसेन्टरको रूपमा अति विकसित राष्ट्र अमेरिकाले विश्व स्वास्थ्य संगठनको अनुदान रकम नै रोक्का घोषणा गरेको छ । उच्च ओहोदामा बसेकाहरूले सुझबुझका साथ गम्भीर भएर दूरगामी असरसमेत ध्यानमा राखेर निर्णय गर्नु पर्नेमा उल्टो देखिएको छ ।

नेपालमा राष्ट्रिय रक्त सञ्चार सेवा पनि प्रभावित हुन पुगेको छ । उपचारका क्रममा चाहिने रगत र रगतबाट तयार पारिने रक्ततत्वहरू पीडित पक्षलाई उपलब्ध गराउने मुख्य स्रोत स्वयंसेवी रक्तदाताहरू हुन् । लकडाउनका कारण सबै स्वयंसेवी रक्तदाताहरू होम क्वारेन्टाइनमा बस्नु पर्दा रगत र रक्ततत्वको अभाव सृजना हुन पुगेको छ ।

क्षेत्रगत आवश्यकतामाथि विचार पुर्‍याउन नसक्दा हामी स्वयंसेवी रक्तदाता र पीडित पक्षले समस्या भोग्नुपरेको छ । यस्तो प्रतिकूल अवस्थामा पनि हामी स्वयंसेवी रक्तदाताहरूको छाता संगठन ‘नेपाल स्वयंसेवी रक्तदाता समाज’ ले स्वयंसेवी रक्तदाताहरूको अनुकूलतामा रक्त सञ्चार सेवामा पुगेर तथा होमक्वारेन्टाइनबाटै पनि रक्तदान गराई पीडितलाई सेवा पुर्‍याउँदै छौँ । विडम्बना, रगत लिन आउने प्राविधिकहरू पीपीईबाट सुसज्जित हुने तर स्वयंसेवी रकदाताको सुरक्षाका कुनै प्रबन्ध नहुने अवस्था छ । सम्बन्धित निकायले यसतर्फ ध्यान पुर्‍याउनु पर्ने हो ।

विकल्परहित रगत र रक्ततत्वहरू उपलब्ध गराउन रक्तदान गर्ने स्वयंसेवी रक्तदातालाई यथोचित सम्बोधन गर्न आवश्यक छ । आफ्नो स्वास्थ्यको ख्याल नगरी जोखिम मोलेरै भए पनि रक्तदान गर्न पछि नपर्ने स्वयंसेवी रक्तदातालाई सरकारले बेवास्ता गरेको छ । यसफतर्फ सरकारको ध्यान पुगोस् ।

(लेखक नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष हुन् ।)

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  २ : ३० बजे

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव