कोरोना भाइरस संक्रमणको आशंकामा जुम्लाका ११ बर्षीय बालक आइसोलेशनमा | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमणको आशंकामा जुम्लाका ११ बर्षीय बालक आइसोलेशनमा


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाका ११ वर्षीय एक बालकलाई उच्च ज्वरो आएपछि आइसोलेशनमा राखिएको छ ।

जाँचका क्रममा उच्च ज्वरो देखिएपछि आज उनलाई सीधै आइसोलेशनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा सुनिल बुढाथोकीले बताए ।

बुढाथोकीका अनुसार बालकमा १०२ देखि १०४ डिग्रीसम्म ज्वरो आएको छ । बालकका बुबा पाँच दिन अगाडि भारतबाट आएकोसमेत खुलेको छ ।

दुई तीन दिनअघि देखि ज्वरो आएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याई नाप्दा कोरोनाको लक्षणसँग मिल्दोजुल्दो भएपछि आइसोलेशनमा राखिएको डा बुढाथोकीले जानकारी दिए ।

बालकलाई कोरोनाका परीक्षणको रिपोर्ट नआउञ्जेल आइसोलेशनमै राखी उपचार गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ७ : १७ बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार