भोका मान्छे खोज्दै खुवाउँदै ‘राष्ट्रिय वैश्य युवा महासंघ’ | Khabarhub Khabarhub

भोका मान्छे खोज्दै खुवाउँदै ‘राष्ट्रिय वैश्य युवा महासंघ’


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- ‘राष्ट्रिय वैश्य युवा महासंघ’ले भोकै रहेका मानिसलाई नि:शुल्क खाना खुवाउन थालेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गर्ने निर्णय गरेपछि अलपत्र परेका तथा खान नपाएका मानिसलाई महासंघले नि:शुल्क खानाको व्यवस्था गरेको हो ।

महासंघले ‘जनकपुरधामभित्र कोही भोकै हुनुहुन्छ भने हामीलाई फोन गर्नुस्। वैश्य समाजद्वारा निःशुल्क खाना उपलब्ध छ’ भन्ने सूचना निकालेको छ । त्यसका लागि ९८५४०२०१८८ र ९८५४०२१६४६ दुई नम्बर सम्पर्कका लागि सार्वजनिक गरेको छ ।

‘राष्ट्रिय वैश्य युवा महासंघ’ नामको फेसबुक एकाउण्टमा पोष्ट भएको यो आह्वान अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सुनचाँदी व्यावसायी संघ, वैश्य समाज र जानकी फाइनाइन्स जनकपुरका अध्यक्ष अमरनाथ गुप्ताले गरेको पोस्टमा उनको प्रसंशासहित पोस्ट लगातार सेयर भइरहेको छ । उनले भोकै रहेकाहरुले फोन गरेपछि बसेकै ठाउँमा खाना पुर्‍याउने गरेको बताए ।

फेसबुकमा सन्देश राख्ने बित्तिकै जनकपुरको पिडारी चोकबाट चार जनाले फोन गरी लकडाउनका कारण भोकै बसेको जानकारी गराएको बताए।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ५ : २३ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष