मौसममा पश्चिमी वायूको प्रभाव, चट्याङसहित वर्षाको सम्भावना | Khabarhub Khabarhub

मौसममा पश्चिमी वायूको प्रभाव, चट्याङसहित वर्षाको सम्भावना


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखामा अनुसार अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले देशको पश्चिमि भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र १३ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी पहाडि भु-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा देखि आंशिक बदलि हुने देखिन्छ। पहाडी भू-भागका एक दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि हुने देखिन्छ। पश्चिमि भू-भागका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र १४ गते (शुक्रबार)

दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पश्चिमि भू-भागका केहि स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातिः देशको पश्चिमि र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

चैत्र १५ गते (शनिबार)

दिउँसोः देशको पहाडि भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा देखि हुने देखिन्छ। पहाडी भू-भागका एक दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पहाडि भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा देखि हुने देखिन्छ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ६ : ३७ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज