अमेरिकामा एकै दिन १० हजार ७ सय बढीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा एकै दिन १० हजार ७ सय बढीमा कोरोना भाइरसको संक्रमण


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीब्र गतिमा देखिएको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ५१ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या हालसम्म ९ सय ३१ पुगेको छ ।

हालसम्म अमेरिकामा ६५ हजार ६ सय ५२ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १० हजार ७ सय ९६ जना नयाँ संक्रमित देखिएका हुन् ।

अमेरिकामा ३ सय ९४ जना उपचारपछि निको भएका छन् भने ६४ हजार ३ सय २७ जना उपचाररत छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यूरोपियन मुलुककमा गम्भीर अवस्थामा देखिएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका देश र क्षेत्रहरुगरी १ सय ९८ स्थानमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ८१ पुगेको छ ।

कोरोनाको संक्रमणका कारण विश्वभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जनाले ज्यान गुमाएका छन् ।

 

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ६ : २९ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको