ओलीले नेपाललाई भने- बामदेवलाई राष्ट्रियसभा सदस्य तत्काल होइन पछि बनाउँछौं | Khabarhub Khabarhub

ओलीले नेपाललाई भने- बामदेवलाई राष्ट्रियसभा सदस्य तत्काल होइन पछि बनाउँछौं


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सतारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई तत्काल राष्ट्रियसभामा पठाउन नसक्ने बताएका छन्।

बालुवाटारमा बुधबार साँझ वरिष्ठ नेता माधकुमार नेपालसँग भएको छलफलमा प्रधानमन्त्री ओलीली नेता गाैतमलाई तत्काल राष्ट्रिसभामा पठाउन नसिकने बताएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

सचिवालय बैठक बस्नु अगाडि नै युवराज खतिवडाको नाम पठाइसकेको हुँदा बामदेवलाई अर्कोपटक मात्र राष्ट्रियसभामा पठाइने प्रधानमन्त्रीले नेता नेपालसँग कुरा गरेको स्रोतले बताएको हो ।

प्रधानमन्त्री ओलीले नेता नेपाललाई भएको कुराकानीलाई उद्धृत गर्दै स्रोतले खबरहबसँग भन्यो, ‘बामदेवजीलाई राष्ट्रियसभा सदस्य बनाउने सैद्धान्तिक सहमति भएको हो, तर अहिले होइन पछि बनाउने हो।’

बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने सचिवालय बैठकको निर्णय विवादित बनेपछि वरिष्ठ नेता नेपाल बालुवाटार पुगेका थिए ।

नेकपाको आज बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नै उक्त निर्णयप्रति असन्तुष्टि जनाएपछि नेकपाभित्र विवाद देखिएको छ ।

सचिवालय बैठकमा वरिष्ठ नेता नेपालले संविधान संशोधनको काममा लाग्न नहुने धारणा राखेका थिए।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : ०२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड