नेपाली सेना राष्ट्रिय एकताको प्रतिक हो : प्रधानसेनापति थापा | Khabarhub Khabarhub

नेपाली सेना राष्ट्रिय एकताको प्रतिक हो : प्रधानसेनापति थापा


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना नेपाली नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु तथा राष्ट्रिय एकताको प्रतिक भएको बताएका छन् ।

बुटवल रामनगर ब्यारेकमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उनले राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी रहेको उल्लेख गरे ।

प्रधानसेनापति थापाले भने, “बद्लिँदो वर्तमान परिवेशमा एकता र पहिचानका विषय विविध कारणले समयसमयमा ओझेलमा परेको जस्तो देखिन्छ, जुन राष्ट्रिय सुरक्षा, विकास र समृद्धिका बाधक हुन्, हामी सम्पूर्ण नेपाली यसप्रतिसमेत सचेत रहनैपर्छ ।”

उनले नेपाल एकीकरणको दौरानमा प्रयोग भएका पदमार्ग र एकीकरण अभियानसँग सम्बन्धित इतिहास तथा ऐतिहासिक धरोहरको संरक्षण, सम्वर्द्धनबाट विखण्डनको विचारलाई परास्त गर्ने मात्र नभई भविष्यको पिँढीमा देशभक्ति, राष्ट्रियता र राष्ट्रिय एकताको विजारोपण गर्ने र ऐतिहासिक पर्यटनको विकास गर्दै राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले सेवानिवृत्त सैनिकको सामाजिक पहिचान र आर्थिक विकासका लागि शिक्षा, स्वास्थ्यको पहुँच विस्तारमा जोड दिइएको बताए ।

बलाध्यक्ष रथी गौरव तण्डुलले बहालवाला र भूतपूर्व सैनिकबीचको सम्बन्धलाई अझ कसिलो र नजिक बनाउन यस किसिमको सम्मेलन निकै उपयोगी रहने बताए ।

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत उपरथी(सेवानिवृत्त) पदमविलास कार्कीले कोषबाट सम्पादन गरिएका कामका बारेमा प्रकाश पारेका थिए ।

सो अवसरमा उपरथी नरबहादुर कँडेल (अवकाशप्राप्त) र नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका वरिष्ठ उपसभापति सहायक रथी (अवकाशप्राप्त) केशवबहादुर भण्डारीले पनि पूर्व सैनिकले देश र जनताका लागि बगाएको रगत र पसिनाको कदर गरी सञ्चालन गरिएका विभिन्न कल्याणकारी कामका बारेमा जानकारी दिएका थिए ।

सो अवसरमा प्रधानसेनापति थापाले विगतको द्वन्द्व, विभिन्न प्राकृतिक विपद्का क्रममा घाइते भएका भूतपूर्व सैनिकलाई ह्वीलचेयर र वैशाखी वितरण गर्नुका साथै सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित लघुकर्जा लिन इच्छुकलाई चेक हस्तान्तरण गरेका थिए ।

‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार आत्मसम्मान तथा समृद्धिको’ आधार भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा ५ नं प्रदेशका विभिन्न जिल्लाको संस्कृति, वेशभूषा झल्किने कौरा, थारु, सोरठी, सराय नाच प्रस्तुत तथा मार्चपास र सैनिक कला प्रस्तुत गरिएको थियो ।

सम्मेलनमा नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, गुल्मी पाल्पा, अर्घाखाँचीका सेवानिवृत्त सैनिक र तिनका परिवारको उपस्थिति थियो । हाल नेपाली सेनामा सकल दर्जाका गरी करिब ८५ हजार सेवानिवृत्त छन् भने हितकारीको सङ्ख्या करिब आठ लाख रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : ०० बजे

हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ का परीक्षार्थीले गरे तोडफोड

वीरगञ्ज– वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ ।

जनकपुरको अन्तर्राष्ट्रिय रंगशाला १७ वर्षदेखि अलपत्र, जग्गा सम्झौता भंगपछि स्थानीय निरास

जनकपुरधाम– जनकपुरमा निर्माणाधीन रहेको श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला चितवनको

लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली?

काठमाडौं- आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमा प्रमुख

बझाङ उपनिर्वाचन : छबिसपाथिभेराको वडा १ बाट मत गन्न थालियो

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु भएको छ । मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय