दिल्ली हिंसामा मृतकको संख्या २२ पुग्यो, केजरीवालले गरे सेना परिचालनको माग | Khabarhub Khabarhub

दिल्ली हिंसामा मृतकको संख्या २२ पुग्यो, केजरीवालले गरे सेना परिचालनको माग


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– भारतको राजधानी दिल्लीमा भड्किएको हिंसाका क्रममा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।

भारतीय सञ्चारमाध्यमले बुधबार मारिनेमा भारतीय अनुसन्धान निकाय सीआईबीका एक अधिकारी समेत रहेको जनाएको छ । सीआईबीका सूचना सहायक अंकित शर्माको शव दिललीको हिंसाग्रस्त चन्दबाग क्षेत्रमा फेला परेको जनाइएको छ ।

प्रदर्शनका क्रममा सोमबार भारतीय प्रहरीका हेड कन्स्टेबल रतन लालको पनि ज्यान गएको थियो । उनलाई शहिद घोषणा गरिएको छ ।
बुधबार बेलुकीसम्म दिल्लीका ठाउँठाउँमा झडप भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतका छिमेकी मुलुकमा पीडित भइरहेको भनिएका हिन्दुहरुलाई समेत नागरिकता दिने विवादास्पद विधेयकको विरोध र समर्थनमा मानिसहरु सडकमा ओर्लिएका हुन् । प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा झडप भएको बताइएको छ । प्रदर्शनकारीले सडकमा राखिएका गाडी, पसलमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका छन् भने प्रहरीले प्रदर्शन नियन्त्रणका लागि अश्रुग्यास, पानीको फोहोरा र लाठिचार्ज गरेको छ ।
प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि थप ८ हजार प्रहरीसहित अर्धसैनिक बल समेत परिचालन गरिएको छ । त्य

सबाहेक सरकारले ५ जना वरिष्ठ प्रहरी अधिकारी हेरफेर गरेको भारतीय सञ्चारमाध्यमले जारी गरेका समाचारमा जनाइएको छ । प्रशासनले प्रदर्शनबाट सबैभन्दा धेरै प्रभावित क्षेत्रहरुमा कफ्र्यु समेत जारी गरेको छ ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्ति कायम गर्नका लागि आह्वान गरेका छन् । उनले ट्वीट गर्दै दिल्लीका दाजुभाई दिदीबहिनीहरुलाई शान्ति र भातृत्व कायम गरी अवस्थालाई सामान्य बनाउन आह्वान गरेका छन् ।

अर्कोतर्फ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको स्थिती नियन्त्रणका लागि सेना परिचालन गर्न केन्द्र सरकारसँग माग गरेका छन् । उनले प्रहरीले शान्ति व्यवस्था कायम गर्न नसकेको भन्दै सेना परिचालनको माग गरेका हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ५ : ०८ बजे

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार