जडौरी लुगा र चप्पल मागेर लगाएका हामीहरुको काठमाडौंमा महल कसरी ठडियो ? : डा भट्टराई | Khabarhub Khabarhub

जडौरी लुगा र चप्पल मागेर लगाएका हामीहरुको काठमाडौंमा महल कसरी ठडियो ? : डा भट्टराई


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सबै नेता र सांसदहरुको सम्पत्ति छानवीन गर्न प्रस्ताव गरेका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पूर्व प्रधानमन्त्री डा भट्टराईले आफू लगायत सबैको सम्पत्ति छानवीन गर्न प्रस्ताव गरेका हुन् ।

आफूहरु जनयुद्धको बेलामा साथीहरुले दिएको जडौरी लुगा र चप्पलको भरमा हिँडेको भन्दै उनले आज कसरी सुटेड बुटेड भएका छौं भन्दै प्रश्न गरे ।

‘सबैको सम्पत्ति छानवीन गरौं । म लागयत हामी सबैको । हिजो हामी साथीहरुले दिएको जडौरी लुगा र साथीहरुले दिएको चप्पल लगाएर हिँड्थ्यौं । आज हामी कसरी सुटेड बुटेड भएका छौं कसरी चिल्ला कार चढेर हिँडेका छौं । कसरी महल भएका छन्’ डा भट्टराईले प्रश्न गरे ।
उनले केही दिनअघि प्रधानमन्त्रीको जन्मघरको तस्वीर देखेको र आफ्नो पनि त्यस्तै बुकुरो घर गोरखामा रहेको उल्लेख गरे ।

‘प्रधानमन्त्री ज्यू को अस्ति तेह्रथुमको बुकुरो हेर्दा खेरि, मेरो पनि त्यस्तै छ तर अलि राम्रो छ गोर्खामा । त्यस्तो बुकुरो घर भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्यौं ?’ उनले प्रश्न गरे ।

‘म अलिकति गणितमा चासो राख्न मान्छे पनि हो । अर्थमन्त्री पनि भइटोपलेको मान्छे’ संसदमा उनले भने,‘हाम्रो कमाइले लाख प्रयास गर्दा पनि, हाम्रो जुन दृश्य कमाइ छ तपाई हाम्रो जो सुकैको दृश्य कमाइले त्यो बुकुरो घरबाट यहाँ काठमाडौंमा महल बनाउने हैसियत पुग्दैन यसको छानवीन गरौं यसको निमित्त म सबैसँग आग्रह गर्छु ।’

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  २ : ५५ बजे

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला

लगानी सम्मेलनलक्षित ऐन संशोधन अध्यादेशको कांग्रेसद्वारा विरोध

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सम्मेलन लक्षित ऐन