कोरोनाका कारण आइफोन उत्पादनमा धक्का | Khabarhub Khabarhub

कोरोनाका कारण आइफोन उत्पादनमा धक्का


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसले महामारीको रुप लिएपछि एप्पलले बजारमा मार्चमा नै ल्याउने भनेको  सस्तो फोन आइफोन नाइन आउन ढिलाई हुने भएको छ ।

चीनबाट फैलिएको नोवल कोरोना भाइरसका कारण उक्त फोन विश्व बजारमा सार्वजनिक हुन ढिलाई हुने भएको हो ।

यसअघि कम्पनीले उक्त फोन आउँदो मार्च महिनामा सार्वजनिक गर्ने बताएको थियो । तर, कोरोना भाइरसका कारण कम्पनीको चीनमा रहेको उत्पादन कम्पनी बन्द भएसँगै त्यसको असर उक्त फोनमा परेको हो ।

एप्प्लको चीनमा रहेको उत्पादन कम्पनी बन्द हुँदा आईफोनको उत्पादन क्षमता आधाले घटेको छ । जसका कारण कम्पनीले सार्वजनिक गर्ने समय सारेको हो ।

कम्पनीले अब कहिले र कहाँ सार्वजनिक गर्ने भन्ने विषयमा कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : ४३ बजे

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु