बिहेका लागि मेहन्दीमा सजिइन् प्रिय‍ंका (फोटो फिचर) | Khabarhub Khabarhub

बिहेका लागि मेहन्दीमा सजिइन् प्रिय‍ंका (फोटो फिचर)


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीले बिहे गर्दैछन् । लामो समयदेखि प्रेममा रहेका प्रियंका र आयुष्मानको बिहेको खबरले फिल्म जगतमा स्थान पाउँदै आएको थियो ।

यो जोडीले शुक्रवार बिहे गर्नेछ । बिहेका लागि नायिका प्रियंका कार्की मेहन्दीमा सजिएकी छिन् । उनले आफ्ना साथीहरुसँगका तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् ।

प्रियंका र आयुष्मानको बिहेका लागि राजधानीमा एक रिसोर्ट बूक गरिएको छ । रिसोर्टलाई प्रियंका र आयुष्मानमय बनाइएको छ । तीन दिनका लागि बूक गरिएको रिसोर्टमा ह्यासट्याग आयंका लेखिएको छ ।

मंगलवार मेहन्दी र संगीतको कार्यक्रम राखिएको थियो । प्रियंकाले आयुष्मानको नामको मेहन्दी लगाइन् भने आयुष्मानले पनि प्रियंकाको नामको मेहन्दी लगाएका थिए ।

गतवर्ष इङ्गेजमेन्ट गरेको यो जोडीले असारमा बिहे गर्ने चर्चा थियो । तर, परिवारको समय नमिलेको भन्दै बिहेको मिति टर्दै आएको थियो ।

फिल्म वृत्तमा यी दुईको बिहे नहुने गसिप पनि चल्दै आएको थियो । शुक्रवारदेखि भने प्रियंका र आयुष्मान विवाह बन्धनमा बाँधिदैछन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : १३ बजे

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका