जसले २ करोडको लागतमा फूलैफूलले सिंगारेका थिए पशुपतिनाथ मन्दिर | Khabarhub Khabarhub

जसले २ करोडको लागतमा फूलैफूलले सिंगारेका थिए पशुपतिनाथ मन्दिर


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– शिवरात्रि पर्व सकिए पनि यो वर्ष पशुपतिनाथ मन्दिरमा गरिएको साज-सज्जाको चर्चा सेलाएको छैन ।

शिवरात्रिको दिन भगवान पशुपतिनाथ मन्दिर दर्शन गर्न पुग्ने जो कोही श्रद्धालु भक्तजनले त्यहाँको सजावटप्रति निकै गर्ब गरे । फूलैफूलले सजाइएको पशुपतिनाथ परिसरलाई देखेर वाह ! नभन्ने कोही थिएनन् ।

फूलैफूलले सजाइएको पशुपतिनाथ शिवरात्रिका दिन सामाजिक सञ्जालमा चर्चामा रह्यो ।

शिवरात्रि सकिएको भोलिपल्ट नै त्यहाँका फूल चोरी भएपछि बाँदर प्रवृत्तिका मानिसहरुप्रति सामाजिक सञ्जालमा ब्यंग्य भयो । उनीहरुको निकै आलोचना समेत गरियो ।

यो सजावटलाई बाँदरबाट कसरी जोगाउने भन्ने मनसाय पालेको पशुपति क्षेत्र विकास कोषले मानिसबाट नै फूल जोगाउन सकेन । मान्छेको हात पुग्ने ठाउँसम्मका फूल चोरी भए । अघिल्लो दिनको सुन्दरता एक दिन नबित्दै कुरुप बन्यो ।

भलै फूलहरु चोरी भए पनि यो वर्षको शिवरात्रिलाई सुशोभित पार्ने काम कसले गरेको थियो ? मनमा प्रश्न उब्जिएको हुन सक्छ ।  यसरी पशुपतिनाथको साजसज्जा गर्ने काम भारतको मद्रासबाट आएका दुई जनाले करिब २ करोड रुपैयाँको लागतमा गरेका थिए ।

व्यापारी सञ्जीव छिब्बर र केके शर्माले पशुपतिनाथ मन्दिर सजाएका हुन्। यी दुई शिवभक्त मिलेर पशुपतिनाथ विशेषरुपमा सजाएर मन्दिर नै झिलीमिली पारेका थिए। उनीहरुले २ करोड रुपैयाँ खर्च गरी सम्पूर्ण सामग्रीको बन्दबस्तो र सजावटको काम आफै गरेका थिए ।

सञ्जीव छिब्बर भारतको ग्लेज ट्रेडिङ इन्डिया प्रालिका निर्देशक हुन् भने  केके शर्मा चेतन हन्डाका निर्देशक । उनीहरु मिलेर यसपालि पशुपतिनाथ मन्दिरलाई २ करोड बराबरका फूलले सजाए । उनीहरुले  कोरिया, अस्ट्रेलिया, थाइल्याण्ड र भारतको विभिन्न ठाँउबाट फूलहरु मगाएका थिए ।

अर्किड, जरबरा, कन्वारी, सयपत्री, गुलाब, गोदावरी, लिली, क्यामेसन, एसिया टिक, देल्ही, जेप्सी र अलिको नियालगायत विभिन्न जात र रङका फूलहरु ल्याएर उनीहरुले पशुपति सजाउने काम गरेका थिए । फूल सजाउन डेढ सय भारतीय कामदार नेपाल आएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : ३१ बजे

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने

प्रचार अभावले ओझेलमा हनुमन्तेडाँडा

दोलखा– दोलखामा रहेको हनुमन्ते डाँडा प्रचार प्रसारको कमीले ओझेलमा परेको

सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु

दुबई – अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु