विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एक जना पक्राउ | Khabarhub Khabarhub

विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एक जना पक्राउ


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले अवैधरूपमा लुकाइछिपाई विदेश लैजान लागेको अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले आठ हजार ४१७ अमेरिकी डलरसहित ललितपुरका ३३ वर्षीय विकास जोशीलाई  पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले इत्तेहाद एयरवेजको उडानबाट अबुधावी हुँदै अमेरिका जान लागेका जोशीलाई विमानस्थलको प्रस्थान कक्षमा पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेका जोशीलाई राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ८ : ५० बजे

आठ महिनामा सम्पत्ति शुद्धीकरणका ३८ सय ६९ उजुरी

काठमाडौं – चालू आर्थिक वर्षका आठ महिनामा सम्पत्ति शुद्धीकरण (कालोधन

अमेरिकी व्यवसायीले अर्थमन्त्रीसँग भने- धेरै अमेरिकी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक छन्

काठमाडौं– अमेरिकन व्यवसायीहरूको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ

‘धेरै अमेरिकी कम्पनीले ठूलो लगानी नेपालमा ल्याउन चाहेका छन्’

काठमाडौं- अमेरिकन व्यवसायीहरुको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ

राप्रपाले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने

समातिए सामुदायिक वनमा डढेलो लगाउने युवक, मुद्दा चलाइँदै

बेनी- म्याग्दीको एउटा सामुदायिक वनमा डढेलो लगाउने १ जना युवक