सभामुखमा सापकोटाको चयन उपयुक्त रहेछ भन्ने निष्कर्षमा पुगें– नेम्वाङ | Khabarhub Khabarhub

सभामुखमा सापकोटाको चयन उपयुक्त रहेछ भन्ने निष्कर्षमा पुगें– नेम्वाङ


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभाको सभामुखमा आफूहरुले उपयुक्त पात्र चयन गरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाका सांसद अग्नि प्रसाद सापकोटालाई सभामुख चयन गरियोस् भन्ने प्रस्ताव आइतवार संसदमा राख्दै उपनेता नेम्वाङले सापकोटाको विकल्पमा अन्य कसैको उम्मेदवारी नपरेकाले उपयुक्त पात्र चयनलाई पुष्टि गरेको बताए ।

जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा नेता नेम्वाङले भने,‘ हाम्रो चयन उपयुक्त रहेछ भन्ने निष्कर्षमा पुगेको छु । किनकी सभामुख चयनका लागि हामीले प्रस्ताव गरिरहेको यो क्षणमा संसदका कसैले पनि उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नु भएको छैन यो सौभाग्य र संयोगको कुरा हो ।’

संसदमा सबैलाई मिलाएर लैजाने जिम्मेवारी अग्नि सापकोटाबाट बहन हुन्छ भन्ने विश्वासका साथ सापकोटालाई सभामुखका रुपमा प्रस्ताव गरेको उनले बताए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ३ : ४७ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र