नेपालमा थप दुई जनामा कोरोना संक्रमणको आशंका, परीक्षणका लागि ‘स्याम्पल’ हङकङ पठाइयो « Khabarhub

नेपालमा थप दुई जनामा कोरोना संक्रमणको आशंका, परीक्षणका लागि ‘स्याम्पल’ हङकङ पठाइयो


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप दुईजनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएको छ ।

चीनबाट स्वदेश फर्किएका थप दुई जनामा कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ ।

अस्पताल स्रोतका अनुसार कोरोना संक्रमणको आशंकामा उपचाररत दुई जनामध्ये एक जना पुरुष र अर्को एक जना महिला छन् ।  ‘एक जना ४८ वर्षीया महिला र २८ वर्षका एक जना पुरुषमा कोरोना भाइरसको आशंकामा उपचार भइरहेको छ’ श्रोतले भन्यो ।

उनीहरुको टेकु अस्पतालको आइसुलेसन वार्डमा उपचार भइरहेको छ ।

४८ वर्षीया महिला चीन आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किएकी थिइन् । उनी माघ ११ गते(हिजो) टेकु अस्पताल पुगेकी थिइन् भने २८ वर्षीय पुरुष विदेशबाट नेपाल फर्किंदा चीन ट्रान्जिट हुँदै आएका थिए । उनी माघ १० गते अस्पताल पुगेका थिए ।

दुबै जनामा ज्वरो आउने, स्वास फेर्न गारो हुने लगायतका समस्या देखिएको छ ।

‘चीनबाट आएका दुबै महिला र पुरुषमा ज्वरो आउने, स्वास फेर्न गारो हुने, खोकी लाग्ने लगायतका समस्या देखिएको छ,’ अस्पताल श्रोतले भन्यो,‘प्रारम्भिक अवस्थालाई हेर्दा उनीहरुमा कोरोना संक्रमण भएको हो कि भन्ने आशंका रहेको छ ।’

उनीहरुको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको र रिपोर्ट आएपछि मात्र पूर्ण रुपमा कोरोना संक्रमणबारे एकिन हुने स्रोतको भनाइ छ ।

यसअघि एक जनामा कोरोनाको संक्रमण देखिएको भन्दै गरिएको परीक्षणबाट पुष्टि भएको थियो । चीनबाट नेपाल फर्किएका एक युवामा कोरोनाको आशंकामा ‘स्याम्पल’ परीक्षणका लागि हङकङ पठाइएकोमा उनमा कोरोनाको संक्रमण रहेको पुष्टी भएको थियो । उनको अहिले अवस्था सामान्य रहेको र टेकु अस्पतालको नियमित सम्पर्कमा रहेको चिकित्सकहरुले बताएका छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६ जनाको ज्यान गइसकेको छ ।

कोरोना फ्रान्स अस्ट्रेलिया, कोरिया, अमेरिका, भारत, हङकङ लगायत १३ देशमा देखा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
कोरोना भाइरसबाट २ हजार भन्दा धेरै मानिस संक्रमित भएको जनाइएको छ ।

कोरोना भाइरस के हो ? 

कोरोना भाइसरको वास्तविका नाम नोवेल कोरोना भाइरस हो । यो भाइरस चीनमा पत्ता लागेको हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

कोरोना भाइरस पशुपंक्षी तथा सी फुडको माध्यमबाट सर्ने गर्छ । तर अहिले मानिसमा पनि यो रोगको भाइरस देखिएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

कोरोना भाइरसको लक्षण

–ज्वरो आउनु र खोकी लाग्नु,
–छिटोछिटो सास फेर्नु,
–सास फेर्न गाह्रो हुने,
–समयमा उपचार नभएका निमोनिया हुनु,
–सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,
–मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ।

कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने ?

–नियमित रुपमा हात सफा गर्ने,
– खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने,
–मासु र अण्डा राम्रोसँग पकाएर खाने,
–कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १ : ४८ बजे

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी