नेपालमा थप दुई जनामा कोरोना संक्रमणको आशंका, परीक्षणका लागि ‘स्याम्पल’ हङकङ पठाइयो | Khabarhub Khabarhub

नेपालमा थप दुई जनामा कोरोना संक्रमणको आशंका, परीक्षणका लागि ‘स्याम्पल’ हङकङ पठाइयो


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप दुईजनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएको छ ।

चीनबाट स्वदेश फर्किएका थप दुई जनामा कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ ।

अस्पताल स्रोतका अनुसार कोरोना संक्रमणको आशंकामा उपचाररत दुई जनामध्ये एक जना पुरुष र अर्को एक जना महिला छन् ।  ‘एक जना ४८ वर्षीया महिला र २८ वर्षका एक जना पुरुषमा कोरोना भाइरसको आशंकामा उपचार भइरहेको छ’ श्रोतले भन्यो ।

उनीहरुको टेकु अस्पतालको आइसुलेसन वार्डमा उपचार भइरहेको छ ।

४८ वर्षीया महिला चीन आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किएकी थिइन् । उनी माघ ११ गते(हिजो) टेकु अस्पताल पुगेकी थिइन् भने २८ वर्षीय पुरुष विदेशबाट नेपाल फर्किंदा चीन ट्रान्जिट हुँदै आएका थिए । उनी माघ १० गते अस्पताल पुगेका थिए ।

दुबै जनामा ज्वरो आउने, स्वास फेर्न गारो हुने लगायतका समस्या देखिएको छ ।

‘चीनबाट आएका दुबै महिला र पुरुषमा ज्वरो आउने, स्वास फेर्न गारो हुने, खोकी लाग्ने लगायतका समस्या देखिएको छ,’ अस्पताल श्रोतले भन्यो,‘प्रारम्भिक अवस्थालाई हेर्दा उनीहरुमा कोरोना संक्रमण भएको हो कि भन्ने आशंका रहेको छ ।’

उनीहरुको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको र रिपोर्ट आएपछि मात्र पूर्ण रुपमा कोरोना संक्रमणबारे एकिन हुने स्रोतको भनाइ छ ।

यसअघि एक जनामा कोरोनाको संक्रमण देखिएको भन्दै गरिएको परीक्षणबाट पुष्टि भएको थियो । चीनबाट नेपाल फर्किएका एक युवामा कोरोनाको आशंकामा ‘स्याम्पल’ परीक्षणका लागि हङकङ पठाइएकोमा उनमा कोरोनाको संक्रमण रहेको पुष्टी भएको थियो । उनको अहिले अवस्था सामान्य रहेको र टेकु अस्पतालको नियमित सम्पर्कमा रहेको चिकित्सकहरुले बताएका छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६ जनाको ज्यान गइसकेको छ ।

कोरोना फ्रान्स अस्ट्रेलिया, कोरिया, अमेरिका, भारत, हङकङ लगायत १३ देशमा देखा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
कोरोना भाइरसबाट २ हजार भन्दा धेरै मानिस संक्रमित भएको जनाइएको छ ।

कोरोना भाइरस के हो ? 

कोरोना भाइसरको वास्तविका नाम नोवेल कोरोना भाइरस हो । यो भाइरस चीनमा पत्ता लागेको हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

कोरोना भाइरस पशुपंक्षी तथा सी फुडको माध्यमबाट सर्ने गर्छ । तर अहिले मानिसमा पनि यो रोगको भाइरस देखिएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

कोरोना भाइरसको लक्षण

–ज्वरो आउनु र खोकी लाग्नु,
–छिटोछिटो सास फेर्नु,
–सास फेर्न गाह्रो हुने,
–समयमा उपचार नभएका निमोनिया हुनु,
–सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,
–मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ।

कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने ?

–नियमित रुपमा हात सफा गर्ने,
– खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने,
–मासु र अण्डा राम्रोसँग पकाएर खाने,
–कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १ : ४८ बजे

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले