नेपालमा ‘कोरोना भाइरस’ भेटियो, आशंका गरिएका एक जनामा संक्रमण भएको पुष्टि  « Khabarhub

नेपालमा ‘कोरोना भाइरस’ भेटियो, आशंका गरिएका एक जनामा संक्रमण भएको पुष्टि 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ जना डाक्टरसहित ८ जना स्वास्थ्यकर्मी खटाइए


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा ‘कोरोना भाइरस’को संक्रमण भेटिएको पुष्टि भएको छ ।

चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणको रिपोर्टमा ‘कोरोना भाइरस’को संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

नेपालमा ‘कोरोना भाइरस’को परीक्षण गर्ने प्रविधि नभएपछि सो भाइरसको आशंका गरिएका ती युवाको स्याम्पल हङकङ पठाइएको थियो ।

केही दिन अघि चीनबाट स्वदेश फर्किएका उनमा ज्वारोको समस्या देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको थियो ।

तर, उनको स्वास्थ्य अवस्थामा सुधार भएको भन्दै शुक्रराज अस्पतालले माघ तीन गते अस्पताल बाट डिस्चार्ज गरेको थियो । स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ती युवामा ‘कोरोना भाइरस’को संक्रमणा पुष्टि भएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले भने, ‘हामीले यहाँ विभिन्न टेष्ट गर्‍यौं  । तर, हामीले कोरोना भनइसर हो, होइन ? पत्ता लगाउन सकेनौं  । त्यसैले हामीले विश्व स्वास्थ संगठनको समन्वयमा उनको स्याम्पल हङकङ पठाएका थियौं, हिजो रिपोर्ट आयो उहाँमा ‘कोरोना भाइरस’को संक्रमण भएको भेटियो ।’

स्वास्थ्य जनसंख्या मन्त्रालयले विमानस्थलमा शंकास्पद व्यक्तिको विमानस्थलमै स्वास्थ परीक्षण गर्ने व्यवस्था मिलाएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

विमानस्थलमा टेकु अस्पतालका ३ जना डाक्टरसहित ८ जना स्वास्थ्यकर्मी परिचालन गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै ‘कोरोना भाइरस’को बिरामी देखिएमा पाटन अस्पताल, शुक्रराज अस्पतालमा उपचारको व्यवस्था गरिएको उनले बताए ।

अहिले पनि एकजना हङकङबाट आएक बिरामीको टेकु अस्पतालमा उपचार भइरहेको शुक्रराज अस्पतालका निर्देशक डा बासुदेव पाण्डे बताए । उनको पनि स्याम्पल परीक्षणका लागि हङकङ पठाउने तयारी भइरहेको डा पाण्डेले बताए ।

पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले राज्यको क्षमताले भ्याएसम्म सावधानी अपनाउने बताए । उनले उच्च शतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ६ : ३० बजे

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ

आईपीएल : चेन्नईविरुद्ध ब्याटिङ गरिरहेको मुम्बईले चौथो विकेट गुमायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार चेन्नई सुपर