सरकारी एम्बुलेन्समा गाँजा तस्करी, भारतीय नागरिकसहित ३ जना पक्राउ | Khabarhub Khabarhub

सरकारी एम्बुलेन्समा गाँजा तस्करी, भारतीय नागरिकसहित ३ जना पक्राउ


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– सरकारबाट अनुदानमा प्राप्त स्वास्थ्य चौकीको एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने ३ जना पक्राउ परेका छन् ।

मकवानपुरको नेवारपानीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी गर्ने ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरीया नगरपालिका–९ घर भएका ३९ वर्षीय महमद अलिद, एम्बुलेन्समा सवार रौतहटको डुमरीय नगरपालिका–४ कै १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुर घर भएका २२ वर्षीय बिनोद सहनी छन् ।

प्रहरीका अनुसार उनीहरुले एम्बुलेन्समा राखेर ३० किलो ६ सय ग्राम गाँजा तस्करी गरिरहेका थिए ।

मकवानपुरको मनहरीबाट गाँजा लोड गरेको एम्बुलेन्सलाई हेटौंडातर्फ आउँदै गर्दा पूर्व–पश्चिम राजमार्गको नेवारपानीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १२ : १८ बजे

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार