लागुपदार्थका हजारौँ चक्की लुकाइएको गाडी झुक्किएर लिलाम भएपछि... | Khabarhub Khabarhub

लागुपदार्थका हजारौँ चक्की लुकाइएको गाडी झुक्किएर लिलाम भएपछि…


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड– थाइल्यान्डमा लागुपदार्थको प्रयोग र ओसारपसार नियन्त्रण गर्ने सरकारी निकायले ठूलो परिमाणमा लागुपदार्थ राखेको एउटा गाडी झुक्किएर आफूले लिलाम गरेको पत्ता लागेपछि क्षमायाचना गरेको छ ।

उक्त गाडीमा एम्फेटमीन नामक लागुपदार्थका हजारौँ चक्की लागुपदार्थको प्रयोग र ओसारपसार नियन्त्रण गर्ने सरकारी निकायले लुकाएर राखेको बीबीसीले जनाएको छ ।

गत वर्ष बरामद गरिएको होन्डा सीआर‍-भी मोडलको कार झन्डै १९,००० डलर मूल्यमा बेचिएको थियो । ग्यारेजमा मर्मतसम्भारका लागि लगिँदा एक मिस्त्रीले उक्त कारको बम्परमा ९४,००० वटा चक्की फेला पारे ।

ब्याङ्कक पोस्ट पत्रिकाले अफिस अफ नार्कोटिक्स कन्ट्रोल बोर्डका महासचिव नियम तेम्स्रिसुखलाई उद्धृत गर्दै नियमानुसार उक्त गाडीको पनि खानतलासी गरिएको तर त्यतिबेला उक्त लागुऔषध फेला नपरेको जनाएको छ ।

एम्फेटमीन र क्याफीन मिसाएर बनाइएको ‘याबा’ नामक लागुपदार्थका चक्कीहरू बम्परपछाडि बाकसहरूमा लुकाइएको थियो ।

गत वर्ष चियङ राई प्रान्तमा बरामद उक्त गाडीभित्र एक लाखवटा त्यस्ता चक्की भेटिएको थियो ।

अधिकारीहरूका अनुसार अहिले फेला परेका चक्की सो मुद्दाको दसीका रूपमा रहनेछन् । तेम्स्रिसुखका अनुसार गाडी किन्ने व्यक्ति र मिस्त्रीलाई पुरस्कृत गरिनेछ ।

उक्त लागुपदार्थ म्यान्मारबाट थाईल्यान्ड तस्करी हुन्छ । रातो वा गुलाफी रङ्गमा उपलब्ध हुने चक्कीहरू सस्तो मूल्यमा बेचिन्छ ।

थाई अधिकारीहरूले सन् २०१८ मा ५१ करोड ६० लाखवटा त्यस्ता चक्की जफत गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ११ : २७ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला