सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा चालकको मृत्यु | Khabarhub Khabarhub

सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा चालकको मृत्यु


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीमा यात्रुवाहक माईक्रोबस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन्।

आज (आइतवार) बिहान झापाबाट काठमाडौं जादैं गरेको बा४ ख ६९६ नम्बरको माइक्रोबस कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्याङस्थित भद्रकाली मन्दिर नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा माइक्रोबसका चालक काठमाडौं महानगरपालिका–११ काँडाघारीका मोहन महर्जनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। विहान सवा सात बजे ढुंग्रेभञ्याङ स्थत भद्रकाली मन्दिर नजिक पुगेको माइक्रोबस बाक्लो हुस्सु लागेकाले अध्यारो हुदाँ दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ९ : ३७ बजे

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ