‘कोरोना भाइरस’ कति खतरनाक ? संक्रमण फैलन नदिन नेपालमा यस्तो छ तयारी | Khabarhub Khabarhub

‘कोरोना भाइरस’ कति खतरनाक ? संक्रमण फैलन नदिन नेपालमा यस्तो छ तयारी


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभर संक्रमण फैलिएको ‘कोरोना भाइरस’बाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा पूर्व सावधानी अपनाइएको जनाएको छ ।

चिनबाट शुरु भएको कोरना भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएसँगै सरकारले जोखिम बढ्न नदिन सावधानी अपनाएको र सबैमा सचेत रहन समेत आग्रह गरेको छ ।

मन्त्रालयले काठमाडौंका सबै अस्पताललाई सतर्क अवस्थामा रहन र ‘आइसोलेसन वार्ड’बनाएर उपचारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेस्क’लाई थप प्रभावकारी बनाएको जनाएको छ । विदेशबाट आउने यात्रुको उच्च निगरानीमा राखी स्वास्थ्य परीक्षण गरी पठाउने व्यवस्था मिलाएको छ ।

यदि कोही यात्रुमा संक्रमणको शंका लागेमा त्यहाँबाट सोझै अस्पताल पुर्‍याइने व्यवस्था मिलाएको छ । एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि विभिन्न चिनियाँ शहरहरूमा रहेका नेपालीहरू समेत स्वदेश फर्किन थालेका छन् । उनीहरुलाई विमानस्थलमा उच्च निगरानीमा राखिएको विमानस्थलस्थित हेल्थ डेस्कले जानकारी दिएको हो ।

गत शुक्रबार स्वास्थ्य मन्त्रालयले चीनको वुहानबाट हालै स्वदेश फर्केका एक नेपाली विद्यार्थीमा संक्रमण देखिएको बताएको थियो। तर ती व्यक्ति हाल निको भएर घर फर्किसकेको बताइएको छ। उनको परिचय भने खुलाइएको छैन।

चीनको सांघाइबाट फर्केका अर्का एक जनामा पनि ‘कोरोना भाइरस’ संक्रमणको आशंका गरी उनलाई हाल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा छुट्टै कोठामा राखेर उपचार थालिएको छ ।

उनको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाइएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुनले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार हाललाई सरकारले कोरोना भाइरस संक्रमितलाई राख्न भनेर तीन वटा अस्पताल तोकेको छ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी बलको अस्पतालमा उपचारको व्यवस्था मिलाइएको प्रवक्ता श्रेष्ठले बताए । ‘कोरोना भाइरस’को संक्रमण भएको व्यक्ति भेटिएमा एक्लै राखेर उपचार गर्नका लागि भने हाल १० वटा मात्रै कोठा रहेको उनले बताए ।

छ वटा कोठा टेकुमा र बाँकि चार पाटन अस्पतालमा तयार पारिएको छ । श्रेष्ठका अनुसार केरुङ नाकामा समेत सतर्कता बढाइएको छ ।

‘कोरोना भाइरस’को लक्षण

‘कोरोना भाइरस’को संक्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुक्खा खोकी लाग्छ। केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ।

कतिपय अवस्थामा यस्ता लक्षण नदेखिएका बिरामीमा पनि ‘कोरोना भाइरस’को संक्रमण हुन सक्ने विज्ञहरू बताउँछन्।

एडिनबरा विश्वविद्यालयका प्राध्यापक मार्क वुलहाउसका अनुसार अहिले देखिएका बिरामीमा रुघाखोकीको जस्तै लक्षण देखिन्छन् र त्यो चाहिँ चिन्ताको विषय हो।

यो कति घातक छ ?

‘कोरोना भाइरस’को संक्रमणका कारण अहिलेसम्म चीनमा ४१ जनाको ज्यान गएको छ। त्यो भनेको जम्मा संक्रमितको करिब तीन प्रतिशत हो।

चीनमा अहिलेसम्म १ हजार २ सय ८७ जना संक्रमित भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ८ : ५० बजे

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति