२१ गोल गरेर कीर्तिमान बनाउँदै रोबर्ट लेवान्डोस्की | Khabarhub Khabarhub

२१ गोल गरेर कीर्तिमान बनाउँदै रोबर्ट लेवान्डोस्की


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोबर्ट लेवान्डोस्कीले लगातार गोल गर्ने क्रम जारी राखेका छन् । जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले एफसी शाल्केलाई ५–० ले पराजित गर्ने क्रममा लेवान्डोस्कीले गोलको सुरुवात गरेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा लेवान्डोस्कीले छैटौँ मिनेटमा गोल गर्दै बार्यन म्युनिखलाई सुरुवाति अग्रता दिलाए । उनले बुण्डेसलिगामा यो सिजन अहिलेसम्म २१ गोल गरिसकेका छन् ।

उनी लिगका सुरुका १९ खेलमा २१ गोल गर्ने सन् सन् १९७२–७३ को सिजन यताका पहिलो खेलाडी हुन् । सो सिजनमा जेर्ड मुलरले यो कीर्तिमान बनाएका थिए ।

बार्यन म्युनिकका लागि पहिलो हाफको इन्जुरी समयमा थोमस मुलरले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसअघि मुलर र लेवान्डोस्कीले गरेको गोलले मान्यता पाएको थिएन । दोस्रो हाफमा बार्यनले थप तीन गोल गरेको हो ।

उसका लागि ५० औँ मिनेटमा गारेट्ज्का, ५८ औँ मिनेटमा थिएगो अल्कान्तारा तथा ८९ औँ मिनेटमा ग्नाब्रीले गोल गरेका हुन् । जितपछि दोस्रो स्थानको बार्यन म्युनिखको १९ खेलबाट ३९ अंक भएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ८ : ११ बजे

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त