सीमा नाका बन्दको असर राजश्वमा | Khabarhub Khabarhub

सीमा नाका बन्दको असर राजश्वमा


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– कोरोनाको प्रभाव तथा विगत लामो समयदेखि नेपाल–भारत सीमा नाका बन्द रहेका कारण एकीकृत भन्सार जाँच चौकी (आइसिपी) ले चालू आर्थिक वर्षको मङ्सिर महिनासम्म लक्ष्यभन्दा ११ प्रतिशतले कम राजश्व उठाएको छ । सङ्घीय सरकारले भन्सार कार्यालयलाई चालू आवको साउनदेखि मङ्सिरसम्म पाँच महिनाभित्र रु ६५ अर्ब २५ करोड ५५ लाख राजश्व उठाउने लक्ष्य दिएकामा सो कार्यालयले सो अवधिमा रु ५८ अर्ब १५ करोड ८९ लाख मात्र राजश्व उठाउन सकेको छ । सो रकम लक्ष्यको तुलनामा ११ प्रतिशतले कम देखिएको छ ।

देशमा कोरोना सङ्क्रमणका कारण अर्थतन्त्रमा परेको प्रभाव तथा नेपाल–भारतबीच रहेको सीमा नाका लामो समयदेखि बन्द रहेकाले सो अवधिमा घट्दो आयातका कारण तोकिएको लक्ष्य प्राप्त गर्न नसकिएको हो । भन्सार अधिकृत शैलेन्द्र अधिकारीले भने, ‘भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधनलगायत अन्य सामान सोचे जस्तो आउन नसकेकाले सो अवधिमा लक्ष्य भेट्टाउन नसकिएको हो ।’

सङ्घीय सरकारले सो भन्सार कार्यालयलाई आव २०७७÷७८ का लागि रु एक खर्ब ७१ अर्ब राजश्व उठाउन लक्ष्य दिएको छ । सो अवधिमा नेपालबाट सनफ्लावर तेल, डाबरका उत्पादन, खाने तेललगायतका रु १५ अर्ब ५८ करोडको सामान भारततर्फ निकासी भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको पाँच महिनामा रु ७६ अर्ब ३३ करोड मूल्य बराबरको विभिन्न सामान भारततर्फ निर्यात भएको छ । सो अवधिमा वीरगञ्ज नाकाबाट सबैभन्दा बढी भटमासको तेल भारततर्फ निर्यात भएको बताइएको छ ।

कोरोना महामारी तथा सीमा नाका बन्द हुँदा भारततर्फ निकासी हुने सामानमा समेत प्रभाव पर्न गएको हो । सो अवधिमा वीरगञ्ज नाकाबाट रु नौ अर्ब १० करोड मूल्य बराबरको छ करोड ३१ लाख किलो भटमासको तेल भारततर्फ निकासी भएको भन्सार अधिकृत रमेश सुकमनीले बताए ।

तेस्रो मुलुक अर्जेन्टिना, ब्राजिल, युक्रेन, इण्डोनेशियालगायतका देशबाट व्यापारीले भटमासको अर्धप्रशोधित तेल आयात गर्ने गरेको छ । नेपालबाट भारत निकासी हुने मुख्य वस्तुको शीर्ष स्थानमा भटमासको प्रशोधित तेल रहेको छ । अघिल्लो वर्षसम्म पाम आयलको भारत निकासी उच्च रहे पनि भारत सरकारले सो तेलको आयातमा प्रतिबन्ध लगाएपछि उद्योगी व्यवसायीले भटमासको तेलको निकासी बढाएको छ ।

वीरगञ्ज भन्सार नाका भटमासको तेल निकासी हुने मुख्य नाका मानिएको छ । बारा, पर्सामा रहेका १४ वटा उद्योगले यस्ता तेल निकासी गर्दै आएका छन । भारतले पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि स्वदेशी उद्योगले भटमासको कच्चा तेल ल्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएको छ । यस वर्ष लामो समयसम्म रहेका लकडाउनका कारण उत्पादन गरिएको वस्तु निर्यात हुन नसकेपछि भन्सार राजश्वमा गिरावट आएको सम्बन्धित कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १ : ०१ बजे

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले