नरिवल पानीका फाइदा : ह्याङओभर हटाउनेदेखि बुढोपना घटााउनेसम्म ! | Khabarhub Khabarhub

नरिवल पानीका फाइदा : ह्याङओभर हटाउनेदेखि बुढोपना घटााउनेसम्म !


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नरिवलको पानी स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ ।

यसले शरीरलाई तागत मात्र दिँदैन्, बिषालु तत्वहरुबाट बचाउन सक्ने गुण पनि हुन्छ । नरिवलको पानी पिउँदा रोग प्रतिराधोत्मक क्षमता पनि बढ्ने चिकित्सकहरु बताउँछन् ।

जसले गर्दा रोगबाट सुरक्षित राख्नको लागि नरिवलको पानी एकदमै लाभदायक हुन्छ ।

यस्ता छन् नरिवल पानी पिउनुका फाइदा

–बुढोपन घटाउनको लागि नरिवल पानीको प्रयोग गर्न सकिन्छ । यसमा भएको साइटोनिनिसले कोशिकाहरुमा सकारात्मक प्रभाव पार्छ । र बढ्दो उमेरलाइए केही हदसम्म रोक्छ ।
–किड्नीको स्वास्थ्यको लागि नरिवल पानीको सेवन राम्रो हुन्छ । यसले युरिनरी ट्रयाकको सफा राख्न सहयोग गर्छ । साथै किड्नीमा स्टोन पनि हुन दिँदैन् ।
–थाइराइडको बिरामीको लागि एकदमै लाभदायक हुन्छ । बिहान नरिवल पानी पिउँदा थाइराइड हर्मोन सन्तुलिन हुन्छ ।
–यदि तपाई तौल कम गर्न चाहनुहुन्छ भने नरिवल पानी पिउनु एकदमै राम्रो हुन्छ । यसमा क्यालोरीको मात्रा कम र फ्याटको मात्रा धेरै कम हुने भएकोले नरिवल पानी पिएपछि धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन् । जसले गर्दा घरि घरि खानेको जरुरत पर्दैन् ।
–छालालाई पोषण दिनको लागि पनि नरिवल पानी एकदमै फाइदाजनक साबित हुन्छ । नरिवल पानी पिउने गरेमा छाला नरम र मुलायम बनिरहन्छ ।
–नरिवल पानी नियमित सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसले गर्दा धेरै रोग लाग्नबाट बच्न सकिन्छ ।
–उच्च रक्तचाप नियन्त्रण गर्छ । यसका भएको भिटामिन सी, पोटासियम र म्याग्नेसियमले उच्च रक्तचाप नियन्त्रण राख्न सहयोग गर्छ ।
–कोलेस्ट्रोल र फ्याट फ्रि हुने भएकोले मुटुलाई स्वस्थ राख्नको लागि उपयोगी हुन्छ । यसको साथै यसमा एन्टी अक्सिडेन्ट गुण भएकोले रक्त सञ्चार पनि राम्रो हुन्छ ।
–ह्याङओभरबाट छुटकारा पाउनको लागि नरिवल पानी एक उत्तम उपाय हुन सक्छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ६ : ३० बजे

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी