कुवेतका प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले लगाए पहिलो कोरोनाविरूद्धको खोप | Khabarhub Khabarhub

कुवेतका प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले लगाए पहिलो कोरोनाविरूद्धको खोप


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोना बिरूद्धको खोप सुरु भएसंगै कुवेतका प्रधानमन्त्री शेख सबाह  अल खालिद अल सबाह र स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहले पहिलो खोप लगाएका छन् ।

कोरोना भाइरसविरूद्ध राष्ट्रिय खोप अभियानको थालनी गरेको जनाउँदै कुवेतका प्रधानमन्त्री खालिद फाइजर खोप लगाउँदै सुरक्षित रहेको सन्देश दिएका छन् ।

विश्वब्यापी रुपमा २ लाख १० हजारले भाइरससँग लड्नका लागि खोप प्रयोग गरिसकेको पनि उनले बताए ।

यस्तै कुवेतका स्वास्थ्य मन्त्री डा. सबाहले पनि  खोप लगाउँदै भाइरसविरूद्ध खोप अभियान सुरु गरिएकाले अब जोखिम केही कम हुने जनाएका छन् ।

उपप्रधानमन्त्री र क्याबिनेट मामिला राज्यमन्त्री अनास अल-सालेह, कुवेत रेड क्रिसेन्ट सोसाइटीका अध्यक्ष, हिलाल अल-सयेर, र प्रतिनिधि हमद अल-हर्षानीले कोरोनाविरूद्ध खोप लगाएका छन् ।

पहिलो चरण अन्तर्गत वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने छ ।

१६ वर्ष भन्दा तलका ब्यक्तिलाई यो भ्याक्सिन दिईने छैन । अहिलेसम्म कोरोनाविरूद्धको खोप लगाउन कुवेतमा ७३ हजार भन्दाबढीले नाम दर्ता गराएका छन् ।

नेपालीसहित आप्रवासी श्रमिकले यो खोप लगाउन चाहे त्यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरण नाम रजिस्टर गर्न सकिने जनाइएको छ ।

 

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ८ : ३५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर